-नवराज न्याैपाने’माैन’

मनकाे कुरा मनमै रह्याे बताउन सकिन
हाे तिमीसँग मुटुकाे माया लगाउन सकिन

बतास चल्याे हात नि गल्याे काममा जाेतिन्छु
गाएर मीठा गीतका फुँदा अाँसु भै पाेखिन्छु
जीवन छाेटाे कर्म छ खाेटाे बिरानो ठाउँमा
कमाई थाेरै पठाएँ मैले प्यारीकाे नाउँमा
बसेर सँगै घरकाे काम सघाउन सकिन
मनकाे कुरा मनमै रह्याे…

त्याे बाल्यकाल दु:खमा बित्याे बिर्सन सक्दिन
जवानी बित्याे विदेश भूमि व्यथा त भन्दिन
छाेडेर राम्राे हिमाली धरा खाडीमा अाएकाे
रहेछ यस्तै जिन्दगी मेराे भाग्यले पाएकाे
मनकाे कुरा मनमै रह्याे…

डाँडा र काँडा लेक र बेसी घुमेर हुर्किएँ
हुर्केकाे ठाउँ उजाड बन्दा म त्यसै तर्किएँ
विकास खुल्याे संस्कार भुल्याे याे नयाँ पुस्ताले
गाडीका ताँती पुगेछन् अब काे हिड्छ खुट्टाले
मनकाे कुरा मनमै रह्याे…

***

प्रतिक्रिया

सम्बन्धित खवर