– ईश्वर पोखरेल

—‘म तिमीलाई ज्यादै प्रेम गर्छु । तिम्रो खुशीका लागि ज्यान दिन पनि तयार छु ।’
— ‘भो, गफ नदेऊ । तिमी मेरा लागि ज्यान दिन तयार छैनौ । तिमी मेरो रूप, मेरो यौवन र मसंगको निकटताप्रति आकर्षित रहेछौ । यत्ति होइन त ? तिमीले प्रेम गरेको यो एकान्त र क्षणलाई हो; मलाई होइन ।’
—‘मेरो प्रेममा शंका नगर । म तिम्रो खुशीका लागि एक वचनमा वलिदान हुन तयार छु ।’
—‘भयो, परेन वलिदान हुनु । यत्ति गर, मेरो प्रेमपत्र हरिशलाई लगेर देऊ । सक्छौ ? म तिमीलाईभन्दा बढी प्रेम गर्छु— हरिशलाई । मेरो खुशीका लागि यति मात्र गर न त । हुन्छ ?’
—‘तिमीले यस्तो प्रस्ताव गछ्यौ भन्ने सोचेकोसम्म थिइनँ ।’
—‘मेरा लागि ज्यान दिन र मेरो खुशीका लागि वलिदान हुन राजी छु भन्ने मान्छे सधैं यही भावुकतामा रहदैन भन्ने बारेमा म त प्रस्टै थिएँ । …हामी अब आआफ्नो बाटो लाग्दा कसो होला ?’
—‘ …’

***

प्रतिक्रिया

सम्बन्धित खवर