-भगवती बस्नेत

१)
आज नभए पनि भोलि रंगिन लाग्छ, जिन्दगी बाँचेर त हेर
कति सुन्दर लाग्छ, जिन्दगी हौसल्ला,हिम्मत,प्रेम साँचेर त हेर ।
हल्का जन्मिए पनि सपना र इच्छाले भारी बन्छ मान्छे –
मायाको न कुनै रुप हून्छ न रङ्गं मात्र आभास विचारेर हेर ।।
२)
अर्काको भाग खोस्नेलाई कुनै चिन्ता डर हुन्न
त्यो बोलीको के बिश्वास जस्को कुनै भर हुन्न ।
डुलीडुली घुमीघुमी गफैले खान पुग्छ जस्लाई-
काम गर्दैन जो ईच्छाले उसलाई कुनै कर हुन्न ॥
३)
शक्तिको अहंकारले नै मानवीयता जलाउँछ
शत्रुहरुलाई प्रेम गर्छु,जसले मलाई सताउँछ !
प्रेमिल काँडाहरुमा हिड्छु;प्रेमकै फूल फुलाउँछु-
प्रार्थना उसैको लागि गर्छु;जस्ले भलो चिताउँछ ॥
४)
जोख्न मिल्ने भए माया तराजुमा जोखिदिन्थे
देखाउन मिल्ने भए छाती चिरी देखाईदिन्थे ।
‘माया’विश्वास र भरोसाको अनुभूति न हो-
समीपमा तिमी भए यो ढुकढुकी सुनाईदिन्थे ।।

५)
अघि बढेका पाइलाहरू रोकिन्न रोकेर
हिडेको छु सिङ्गो मन्दिर मनमा बोकेर ।
जोखिम जस्ले लिन्छ सफल उही हुन्छ-
जमाएछौं डेरा अजम्वरी दिलमा बसेर ।।

***

प्रतिक्रिया

सम्बन्धित खवर