जिन्दगीमा हरेक मानिस भौंतारिहेका हुन्छन्, तर यो कुनबाटोमा भौंतारिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । कतिपय यस्ता प्रेरक प्रसंगले तपाई हाम्रो जिन्दगी बदल्न सहयोग गर्दछ ।
विश्वका महान व्यक्तिदेखि कतिपय साधरण जिवनकला जिउने ब्यक्तिहरु पनि यस्ता प्रेरक विषयहरुले आफ्नो जिन्दगीको मोड बदलेको सुने बुझेका छौं । जो जहाँ रहेपनि सकारात्मक विचार र व्यक्तित्वले जीन्दगीको गाडी अघि बढाउँछ । आज यसै प्रसंगमा अर्थ डबली ले करिब २५ प्रेरक भनाइहरु राखेको छ । पढ्नुस् केके छन् ?
१] जब कसैले तपाईको कपि गर्छ भने सम्झिनुस् तपाई सक्सेस हुदै हुनुहुन्छ ।
२] कमाउनुस् ‘कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन ।
३] जुन व्यक्तीले लोभ गर्न छोड्छ ,उसको प्रसंसा पनि सकीन्छ ।
४] यदि तपाईको योजना ऐ ले काम गरेको छैन भने, नआत्तिनुस् अझै२५ ओटा बाँकी नै छ ।
५] जुन व्यक्तिले कहिल्यै गल्ती गरेको छैन, त्यस व्यक्तिले कहिल्यै नयाँ गर्ने कोसिस पनि गरेको हुँदैन ।
६] भीडले हौसला त दिन्छ तर, पहिचान गुमाई दिन्छ ।
७] कुनै महान व्यक्तिले अवसरको कमि बारे सिकायत गर्दैन ।
८] महानता त्यो होइन जो कहिल्यै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनि उठ्छ ।
९] जुन चीजमा तपाईको ईच्छा छ, त्यो चीज पाउनको लागि कुनै समय निश्चित हुँदैन, चाहे त्यो रातको १२ किन नबजेको होस् ।
१०] यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने, त्यो तपाई आफैँ गर्नुस् ।
११] खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न ।
१२] जीत्नेवालाले बेग्लै चीज गर्दैन, ताकी त्यो चीजलाई अलग तरिकाबाट गर्छ ।
१३] जति कठिन सँघर्ष हुन्छ, त्यति नै जीत शानदार हुन्छ ।
१४] यदि तपाईको लक्ष्यमा कोही पनि हाँसी रहेको छैन भने, त्यो तपाईको धेरै सानो लक्ष्य हो ।
१५] असफलताको बारेमा चिंन्ता नगर्नुस्, किनभने तपाई एकपटक मात्र सहि हुनुहुन्छ ।
१६] हरेक व्यक्तिसँग एउटा शक्ति हुन्छ, फरक त यति हो की, कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने
गरिन्छ ।
१७] अरुलाई सुनाउनको लागि आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तित्व यति उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानिसहरु परिश्रम गरून ।
१८] तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारिफ गरून या नगरून, आधा भन्दा बढि दुनियाँ त निन्द्रा मै हुन्छ, “सुर्य” तर पनि जागी नै रहन्छ ।
१९] पहिचानबाट मिलेको काम केहि समयको लागि रहन्छ, तर कामबाट मिलेको पहिचान उमेरभरसम्म रहन्छ ।
२०] यदि तपाई आफ्नो जिन्दगी आफ्नै हिसाबले जीउन चाहानु हुन्छ भने, तपाई कसैको फ्यान नबन्नुस् ।
२१] तपाई खुशी रहनु नै, तपाईको डाहा गर्नेको ठुलो सजाए हो ।
२२] कोशिस गर्न छोड्नु हुँदैन, किनकी चिम्टीको साहायताले पनि आखिर चाबीको ताला खोल्न सकिन्छ ।
२३] पर्खन छोड्दिनुस् किनभने, सहि समय कहिल्यै आउँदैन ।
२४] कर्म यति शान्तिले गर्नुस् कि, सफलता ले हल्ला मच्चाओस ।
२५] यदि मानीसको एकहार हुदैमा हारेर पनि मुस्कान दिएमा, जीत्नेले पनि खुशी गुमाई दिन्छ ।
२६] यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस् , तपाईको सफलता बृहत टाढा छ ।
प्रतिक्रिया
-
४