जीवन खत्री – रामेछाप खाँडादेवी गाउँपालिका अध्यक्षमा एमालेका ज्ञानकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्दी कांग्रेसका नवराज थोकरलाई भारी मतका साथ पराजित गर्दै ७३५९ मतका साथ विजय हाँसिल गरेका हुन् । थोकरले ४९०९ मत प्राप्त गरेका थिए । तेस्तै एकिकृत समाजवादीका तर्फबाट श्यामकृष्ण श्रेष्ठले १०९३ मत प्राप्त गरे ।

पालिका उपाध्यक्षमा एमालेकै उम्मेद्वार रमा घिसिङ विजयी भइन । घिसिङले ७४५९ मत ल्याएर विजयी भएकी हुन् । उनले आफ्नो निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका मानबहादुर लामालाई पराजित गरेकी हुन् । लामाले ४१११ मत प्राप्त गरेका थिए । तेस्तै उपाध्यक्षमै जनता समाजवादीकी फूलमाया तामाङले ९८ मत प्राप्त गरिन ।

वार्ड नं. १ राकाथुमको अध्यक्षमा माओवादी केन्द्रका रामकुमार श्रेष्ठ विजयी भएका छन् । उनले ७१८ मतका साथ विजय हाँसिल गर्दा एमालेका प्रेमकुमार श्रेष्ठले ६३२ मत ल्याए भने कांग्रेसका बाल गोपाल श्रेष्ठले ४५९ मत मात्रै प्राप्त गरेका थिए ।

वार्ड नं. २ मझुवाको अध्यक्षमा एमालेका केशवकुमार प्रधान विजयी भएका छन् । उनले ६६३ मत प्राप्त गर्दा कांग्रेसका शंकरदास श्रेष्ठले २३७ मत ल्याए भने माओवादी केन्द्रका ज्ञानबहादुर लामाले ९४ मत मात्रै प्राप्त गरेका थिए ।

वार्ड नं. ३ भिरपानी आँपचौरको अध्यक्षमा एमालेका पुष्करकुमार कार्की विजयी भएका छन् । उनले १४२९ मत प्राप्त गर्दा कांग्रेसका भक्तबहादुर श्रेष्ठले ९३९ मत प्राप्त गरेका थिए ।

वार्ड नं. ४ पकरवासको अध्यक्षमा एमालेका कृष्णप्रसाद पौडेल विजयी भएका छन् । उनले ९३१ मत प्राप्त गर्दा कांग्रेसका सुर्यबहादुर श्रेष्ठले ४२२ मत ल्याए भने माओवादी केन्द्रका नवराज माझीले ४०२ मत प्राप्त गरेका थिए ।

वार्ड नं. ५ पकरवासको अध्यक्षमा एमालेका मनोज पौडेल विजयी भएका छन् । उनले ७२५ मत प्राप्त गर्दा कांग्रेसका राजनारायण श्रेष्ठले ५५७ मत ल्याए भने माओवादी केन्द्रका विक्रमदीप श्रेष्ठ ले ३८५ मत मात्रै प्राप्त गरेका थिए ।

वार्ड नं. ६ माकादुमको अध्यक्षमा कांग्रेसका नारायण कार्की विजयी भएका छन् । उनले ७०४ मत प्राप्त गर्दा एमालेका गोपाल कार्कीले ५७७ मत प्राप्त गरेका थिए ।

वार्ड नं. ७ खाँडादेवीको अध्यक्षमा एमालेका सिरे तामाङ विजयी भएका छन् । उनले ८२४ मत प्राप्त गर्दा कांग्रेसका जीतबहादुर मगर ले ४२९ मत ल्याए भने माओवादी केन्द्रका भगतसिंह तामाङले ७२३ मत प्राप्त गरेका थिए ।

वार्ड नं. ८ गागल भदौरेको अध्यक्षमा एमालेका जङ्गलाल तामाङ विजयी भएका छन् । उनले ७८५ मत प्राप्त गर्दा कांग्रेसका चमारसिंह ६७६ मत ल्याए भने राप्रपाका शंङखलाल तामाङ ले २ मत मात्रै प्राप्त गरेका थिए ।

वार्ड नं. ९ पिङखुरीको अध्यक्षमा एमालेका अकल बहादुर भण्डारी विजयी भएका छन् । उनले ३९६ मत प्राप्त गर्दा कांग्रेसका प्रेमबहादुर तामाङ ले ३११ मत ल्याए भने माओवादी केन्द्रका रमेशकमार तामाङ ले २६६ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर