
काठमाडौँ / लेखक गनेस पौडलले स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदको लागि आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् । साहित्य, शिक्षा र कृषिमा कर्म गरिरहेका लेखक पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन् ।
आफूले चुनाव लड्ने पार्टीका नाम नखुलाएका उनी आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पोखरामा उम्मेदवारी घोषणा गर्ने पहिलो हुन् ।
उनले लेखेका छन् “जित वा हारभन्दा पर पनि यौटा लडाइँ हुन्छ। दशकौँको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी अटेरी मत हुन्छ म त्यो लडाइँमा जाँदैछु। यसपटक अटेर गर्दैछु ।” उनी थप्छन्, “आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगर पालिकाबाट मेयरको पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। आउनुस् केही गरौँ। अति भो अटेर गरौँ !”
पौडेलको ‘पैताला’ र अनुवादित पुस्तक ‘मुषा मानुष’ प्रकाशित छ।
प्रतिक्रिया
-
४