टोकियो जापान – अनेसास जापानले नयाँ वर्ष २०२२ तथा राष्ट्रिय पोशाक दिवस जनवरी १ को अवसर पारेर आयोजना गर्न थालिएको ‘टोकियो कविता कन्सर्ट २०२२’ तथा ६१ औँ नियमित साहित्य शृङ्खलाको सम्पूर्ण तयरी सकिएको जानकारी दिएको छ।
जनवरी १ तारिख बिहान ११ बजेदेखि टोकियो सिनओकुबोस्थित सोलमारी मुरा हलमा सम्पन्न हुने उक्त कार्यक्रममा संस्थाले विभिन्न समिति तथा उप-समिति निर्माण गरी तयारीलाई अन्तिम चरणमा पुराएको हो।
कार्यक्रमलाई जापानमा व्यवसाय गरिरहेका व्यावसायिक तथा केही सामाजिक संस्थाहरूले समेत सहयोग गर्ने भएका छन् भने जापान तथा अन्य विभिन्न ठाउँमा क्रियाशील सञ्चार माध्यमहरूले पनि मिडिया पार्टनरको भूमिका निभाइरहेको संस्थाका अध्यक्ष रविन शर्माले सेतोमाटोलाई जानकारी दिए।
उनले अझै अगाडि थपे- “यसपालि हामीले जापानमै पहिलो पटक फरक अनुभूति गराउने गरी तयारी गरेका छौँ। हाम्रा ५ विशिष्ट कविका साथमा पृष्ठभूमिमा सारङ्गी र बाँसुरीको धुनको पनि मज्जा लिनेछौँ। यसको सबै तयारी पूरा भैसकेको छ।”

कविता कन्सर्टमा संभव भएसम्म हाम्रा पहिचान झल्किने पोशाक सहित उपस्थित अनुरोध गरिएको छ। कार्यक्रममा सहभागिता जनाउन कुनै शुल्क नलाग्ने र नेपाली साहित्यमा रुचि राख्ने जो कोहीले पनि सहजै प्रवेश पाउने जानकारी महासचिव शरद पोख्रेलले दिएका छन्।
प्रतिक्रिया
-
४
