सउल, दक्षिण कोरिया – नेपाली मुक्तकको विकास र विस्तारका लागि विगत एक दशक लामो समयदेखि निरन्तर रूपमा सक्रिय संस्था नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको आयोजनामा ‘बृहत् साहित्य मेला २०२६’ कार्यक्रम सम्पन्न भएको छ । गत १७ तारिख मंगलबार दक्षिण कोरियाको राजधानी सउलमा रचना वाचन तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको हो
प्रतिष्ठानका अध्यक्ष निर्दोष शिवले अध्यक्षता रहेको कार्यक्रममालाई संस्थाका वरिष्ठ उपाध्यक्ष दिपक राज बञ्जाडेले सञ्चालन गरेका थिए । प्रमुख अतिथिका रूपमा दक्षिण कोरियाका लागि नेपाली राजदूतावासका नियोग उपप्रमुख निर्मलप्रसाद भट्टराईको उपस्थिति रहनुका साथै विशेष अतिथिहरूमा संस्थाका प्रमुख सल्लाहकार एवं संरक्षक आर एन, सल्लाहकार सुशील शर्मा, सल्लाहकार ह्यारी बोण्ड, पाँच स कोरियाका उपाध्यक्ष शालिग्राम अर्याल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अतिथि वाचकका रूपमा कवि सेसेफुङ शेर्मा, मुक्तककार रामचन्द्र शर्मा तथा गजलकार भीषण माइलाले आफ्ना सशक्त सिर्जना प्रस्तुत गरे ।

विशेष वाचकका अलवा कार्यक्रममा जीवन भण्डारी, रुसन सुवेदी, दीप प्रदिप कुमार, रुद्र कँडेल, मनोज पौडेल, मिलन शर्मा बस्याल, सन्देश पौडेल, प्रेम नारायण पाण्डे, दिपक स्पन्धन, चन्द्रकला राना मगर लगायतका सर्जकहरूले दमदार गजल, मुक्तक तथा कविताहरू वाचन गर्दै कार्यक्रमलाई साहित्यिक बनाए । कार्यक्रममा साहित्य सुन्नका लागि मात्रै आएका साहित्यप्रेमी श्रोता दर्शकको पनि राम्रो उपस्थिति थियो ।
कार्यक्रम संयोजक सरोज भण्डारीले व्यवस्थापन समन्वय गरेको यस कार्यक्रममा मुक्तककार सरु लामिछानेको मुक्तक सङ्ग्रह “भीरको फूल” पनि विमोचन भएको थियो।
परदेशको व्यस्त जीवनबीच पनि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता साहित्यिक अभियानहरूले उल्लेखनीय योगदान पुर्याइरहेको सहभागीहरूले बताएका छन् । कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । हिमालय ट्रिप ट्राभलले ब्यानर सहयोग गरेको यस कार्यक्रमको मिडिया पार्टनर सेतोमाटो समेत रहेको थियो ।
प्रतिक्रिया
-
४
