काठमाण्डौँ – नेपाली मुलका सिक्किम निवासी गायक तथा सङ्गीतकार जीवन शर्मा उर्वरा राष्ट्रिय डायोस्पोरा सङ्गीत सम्मान २०७९ बाट सम्मानित हुने भएका छन् । बिगत ३ दशक देखि निरन्तर रुपमा नेपाली गीत सङ्गीतको क्षेत्रमा योगदान दिए बापत उनलाई उर्वरा फाउन्डेसनले यो सम्मान प्रदान गर्न लागेको हो ।
संस्थाकी अध्यक्ष देवकी अभिलाषीका अनुसार सम्मान समारोहमा उनी लगायत अन्य फरक क्षेत्रमा योगदान दिने अन्य दर्जन बढी व्यक्तित्वहरू पनि सम्मानित हुँदैछन् । मङ्सिरको दोस्रो साता नेपालको राजधानी काठमाण्डौमा आयोजना हुने एक भव्य समारोहका बीच गायक जीवन शर्मालाई उर्वरा राष्ट्रिय डायोस्पोरा सङ्गीत सम्मान – २०७९ प्रदान गरिनेछ ।
प्रतिक्रिया
-
४