✍️ रमेश थापा

गजल- एक 

कसरी निस्फिक्रि रहन्छन् तिम्रो शहरमा मान्छे
अहँ गाउँमा सुरक्षित छैनन् आफ्नै घरमा मान्छे

अहम,दम्भ, क्रोध नदीको बहाबसँगै बगाइदेउ
त्यसपछि हेर कस्तो देखिन्छ बगरमा मान्छे

मलाई यो प्रश्नको जवाफ दिन सक्नुहुन्छ तपाई
किन ? भगवान खोजिरहेछ त्यो पत्थरमा मान्छे

भरोषा कसको मानौ दुश्मन , मित्र या अरूको
अक्सर पिठ्युमा छुरा रोप्छ अबसरमा मान्छे

गजल – दुई

जब मन कुल्चिन्छन् आँखाका मूर्तिहरू
बकवास लाग्नेरहेछन् ढुङ्गाका मूर्तिहरू

पागल बनाउने बेलामा यो सोचिरहन्छ
किन दिगो बन्दैनन् बालुवाका मूर्तिहरू

पुराना होलान बरू कहिल्यै मेटिनेछैनन्
बर्षौदेखि टाँगिएका भित्ताका मूर्तिहरू

जे छ तँसगै भएकोले चित्त बुझाउनुपर्छ
नजर नलाएस ती हुन् अर्काका मूर्तिहरू

प्रतिक्रिया

सम्बन्धित खवर