✍️ जनक कार्की
विद्याधर सूरजप्रसाद नायपाँल (१७ अगस्ट, १९३२ – ११अगस्ट २०१८) अङ्ग्रेजी साहित्यको महान उपन्यासकार हुन् । उनले सन् २००१ मा नोबल पुरस्कार प्राप्त गरेका छन् ।
नायपाँलको लेखन सुध्रनुमा उनको पिताको ठूलो हात छ । सुरूसुरूमा उनको आफ्ना पितासँग सम्बन्ध राम्रो थिएन । उनी आफ्ना पिता जस्तो कहिले बन्न नपरोस् भन्ने चाहना राख्थे । त्यसैले उनी आफ्ना पिताबाट टाढा हुन् अक्सफोर्ड कलेज इङल्याण्डमा पढ्न गए । त्यहाँ उनको मन पढाईमा भन्दा लेखनमा लाग्न थाल्यो । उनले लेखनमा खासै प्रगती गर्न सकेनन् ।
उनका पिता पनि असफल लेखक थिए । उनले छोरालाई आफू जस्तो कहिले नबन्नु भनेर सिकाउँथे । पिताले भेट्नको बोलाइरहन्थे तर नायपाँल कहिले गएनन् । जब पितालाई नायँपालले आफू लेखक बन्न चाहेको कुरा बताए । उनका पिताले लेखन सम्बन्धि टिप्स पठाइरहन्थे । एकदिन अचानक उनको पितालो देहान्त भयो ।
उनी मृत्यु संस्कारको लागि घर गए । त्यतिबेला उनलाई बोध भयो । पिताको प्रेम र महतव । भनिन्छ समय मानिसको शिक्षक हो । नायँपालको जीवनमा मृत्यु उनको शिक्षक भयो । जब उनका पिताको मृत्यु भयो । त्यसले नायपाँलमा नयाँ आत्मज्ञान दिएर गयो ।
नायँपालले यो घटनापछि पिताले भने बमोजिम लेख्न थाले । पिताले भोगेका कथा लेख्न थाले । यहि सिलसिलामा तयार भयो मास्टरपिस उपन्यास ‘अ हाउस फर मिस्टर विश्वास’
एकपटक उनलाई अन्तर्वार्तामा नयाँ लेखकले के गर्नुपर्छ भनेर सोधिएको प्रश्नको जवाफमा दिइएको उत्तर यहाँ प्रस्तुत गरिएको छ । नयाँ लेखक बन्न चाहनेको लागि यो टिप्स एकदम उपयोगी हुने छ ।
१. लामो वाक्य लेख्नबाट सदैव बँच्नु ।
२. हरेक वाक्यले केहि भनेको हुन्छ । पछिल्लो वाक्यले जे भनेको छ, नयाँ वाक्यले त्यसलाई अगाडि बढाउनु पर्छ । एउटा सुन्दर हरफ असल वाक्यहरूको शृङ्खला हो ।
३. लामा शब्दहरूको प्रयोग नगर्नु । छोटाछोटा वाक्योको प्रयोगले आफ्नो लेखाइको बारेमा सोच्न प्रेरित गर्छ । जटिल विचारलाई पनि सरल र छोटा शब्दमा व्यक्त गर्न सकिन्छ ।
४. जुन शब्दको अर्थ तपाईंलाई स्पष्टसँग थाहा छैन, त्यसलाई कदापि प्रयोग नगर्नु । यो एकदम महत्त्वपूर्ण नियम हो । यदि तपाईं यो नियमलाई अँगाल्न सक्नुहुन्न भने लेखन छोडेर अन्य काममा लाग्दा हुन्छ ।
५. विशेषण शब्दको प्रयोग गर्नबाट बचौँ । हो, रंग, आकार र सङ्ख्याको लागि प्रयोग गर्न सकिन्छ । यसैगरी क्रिया विशेषण पनि कमसेकम प्रयोग गरौँ ।
६. सम्भव भएपसम्म अमूर्त लेख्नबाट बचौँ । ठोस र मूर्त लेखौँ । मतलब काल्पनिक दुनियाँमा मज्जाले उड्नोस तर धरातलमा टेकेर ।
७. कमसेकम ६ महिना यी नियमहरूको पालना गरेर हरेकदिन लेख्ने अभ्यास गर्नोस । छोटा शब्द, छोटा वाक्य, शुद्ध वाक्य, यहि कुराले भाषाको प्रशिक्षण हुनेछ ।
उनी भन्छन्, “विश्वविद्यालय सिकाएका पद्धतिले जुन तपाईको भाषा खराब भएको छ । यी नियमले त्यसलाई ठीक गर्ने छ । आफ्ना लेखनका खराब बानीलाई पनि सुधार्न सहयोग पुर्याउने छ । जब तपाईं यो नियमको पालना गरेर यसको बिज्ञ बन्नुहुने छ । त्यसपछि निसंकोछ यो नियमलाई तपाईं आफै भत्काउन सक्नुहुन्छ । अनि यसमा नयाँ नियम जोड्न पनि सक्नुहुन्छ।”
यदि तपाईं नयाँ लेखक बन्न चाहनुहुन्छ भने “तपाईँको आँखामा किताबी सपना भरिएको छ भनेस औंलामा शब्द नाचिरहेका छन भनेस मनको कुरा कागजमा पोख्न आतूर छन भनेस नायपाँलको यो टिप्सलाई मन्त्रलाई झैँ याद गर्नोस् ।’
यी कुराहरूलाई नोट गरेर राख्नोस् । याद गर्नोस् । व्यवहारमा उतार्नोस् । नायपाँलले ६ महिना भनेका छन् । तपाईं एक वर्ष यो अभ्यास गर्नोस् । नयाँ तरिकाले आफ्नो लेखनको यात्रा सुरू गर्नोस् । पक्कै पनि सफल लेखक बन्न कसैले रोक्न सक्ने छैन ।
प्रतिक्रिया
-
४
