✍️ एकनारायण भण्डारी

यता देश बिमारी रुघाखोकीले
टाउको दुख्नु, सिगान बगिरहनु के नौलो भो ररु
अहिले मन्द ज्वरोले सताइएको छ,
आशङ्का बढ्दो छ कोरोनाको
छनौटमा सफल चिकित्सक रनभुल्लमा
एउटा भन्छ बूढीगण्डकी अर्को बाँसुरीको धुन
एउटा धरहरा र अर्को विकासको गुन।
×××××××××××××××××××
अहिले पेट दुखेर तुस पल्टेको छ देशलाई
कटक्क जब पेट दुख्छ देश मुर्छित जनता आहत
उहिले देशलाई निमोनियाले सताउँदा राजा र जनता मिलेर निकासको औषधि खाए
फोक्सोको दाग मेटिएन
पखाला लागेर सत्तास्वादको राजा मात्तिँदा
जनवादको निकास भेटिएन।
××××××××××××
फेरि सुकेलुतोले दिएको सास्ती
रक्ताम्य बनायो चिम्लेर आँखा
जनताले जनताका लागि कन्याउँदा
घाइते प्रजातन्त्र लोकतन्त्रको लेपनमा
हरिया हरिया र राता राता कागजका टुक्राको खेलले कलोमा आश्रीत धर्मराएको गणतन्त्र
कहिले चिनी चिनी अनि अमेरिकी जस्तो
चिन्नै नसकिने आईसी,डलर वा युआन
बन्द कोठाको गुटको भेला जस्तो
नत्र चिसै पानीले नुहाएको पोइ जस्तो
छिमेकी देशको नीति जस्तो कस्तो सस्तो।
××××××××××××××××
समता बिर्सेर अहमता
काखमा कुकुर पर्गेल्छ मान्छे
खै वर्ग हो कि वर्ण ठूलो
कालो हो कि गोरो ठूलो
नाकमा के राखेको छ र मित्र चुच्चो होस् या बुच्चो
नाक काटियो या बेचियो मन्दिर मस्जिद तोडेर
चर्चमा काटिएका टुप्पीहरू जर्ज फ्लोइडको हत्याले जोडेर
मान्छे मान्छे देखेर त्रसित सगरमाथाको फेदीमा
आफैले आफैलाई होम्दैछ यज्ञवेदीमा ।

****

पञ्चमुदिदेव मावि
तनहुँ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर