– रिता खराल
गजल १,
के कुरा गर्छौ तिमी आधार बिनाको
युद्ध कहाँ हुन्छ र हतियार बिनाको
प्राणी बाँच्नलाइ पनि आहार चाहिन्छ
कोहीँ बाँच्दैन यहाँ आहार बिनाको
पक्कै छ सबैलाई कुनै न कुनै भार त
महोदय को छ यहाँ भार बिनाको
दु:खपछिको सुख पो सुख हो आखिर
सित्तैमा पाको त के अर्थ सार बिनाको
ठुलो घर भएर के गर्नु मान्छे नभएपछि
घर घर रहदैन महोदय परिवार बिनाको ।
गजल २,
यस्तै रहेछ दु:खीको जिन्दगी
बनेको छ भुमरीको जिन्दगी
राम्रो दिन आउँला भन्यो सधैँ
के आउँथ्यो खोटीको जिन्दगी
खुब आश गर्नु बेकार रहेछ यहाँ
यस्तै त रैछ अशान्तीको जिन्दगी
गर्न पनि कोसँग के गुनासो गर्नु खै
स्विकार्नै त पर्छ भावीको जिन्दगी
न टारेर टार्न सकिन्छ हुने कुरालाई
भोग्नैपर्छ लेखान्त आदिको जिन्दगी ।
***
प्रतिक्रिया
-
४
