– शिव पलाँस

ठीक छ
एक , दुई साल जेल बस्नु परे बस्छु
ठीक छ
एक , दुई लाख धरौटी राख्नुपरे राख्छु
ठीक छ
एक , दुई लाख जरिबाना तिर्नु परे तिर्छु
सिर्फ मलाई एक मौका देउ
राष्ट्रसेवा गर्ने  एक मौका


साउदी अरब जान चाहन्न
यही देशमा केही गर्न चाहन्छु
यही देशमा सुखले मर्न चाहन्छु
एक , दुई अरब कमाउन चाहन्छ
जहान सङ्ग रमाउन चाहन्छु
चाँदी , हीरा , सुन किन्न चाहन्छु
अदालत र कानुन किन्न चाहन्छु ।

***

प्रतिक्रिया

सम्बन्धित खवर