– मिसु श्रेष्ठ
१,
कहिले आकाश कहिले पाताल पुगिदिन्छ मन
दिनहरू घट्दै जान्छन् , चाहनाहरू बढ्ने झन्
फूल देख्दा फुल्न खोज्ने हावासँग उड्न खोज्ने
बाँधिएर बसुँ कि, उडुँ नभमा, के गरुँ तिमी नै भन
२,
उही हावा कहिले प्राणवायु कहिले आँधी हुरी
उही मान्छे कहिले धुकधुकीमा कहिले लाखौं दुरी
परिवर्तन समय हो कहिले राजारंक कहिले रंकराजा
अचम्म मान्नुहुन्न भिक्षुले पनि बोक्न सक्छ छुरी
३,
सुन्दर लाग्छन् अप्ठ्याराहरू तिमीसँगको यात्रामा
सदा साथ साथ हौँ कहिले पीरमा कहिले जात्रामा
वचनहरू अपूरा होलान् आश्वासन चाहिएन भो
सुन, चाँदी , हिरा होइन पाऊँ प्रेम सही मात्रामा
४
बाटाहरू कति कति थाक्नुहुँदैन
गन्तव्य भेटिन्छ पक्कै भाग्नुहुँदैन
आफ्नै हातले भाग्य निर्माण गरौँ
भोकै होस् बरु अर्काको भाग माग्नुहुँदैन
५,
सब साथ हुन्छन् जब तिमीसँग दम हुन्छ
पथ प्रदर्शक हुन्छन् जहाँ यात्रा सुगम हुन्छ
लडाइँ होस् , रिस होस् जति नै दूर होस्
आफ्ना नै पास हुन्छन् जब सङ्कट र गम हुन्छ
***
प्रतिक्रिया
-
४
