– धिरेन राई चिन्तन
१,
गोर्खाल्यान्डको घोडा चडेर व्यवस्थाकै चौकी ताक्नेहरू
कता गए महाकाल कसम खाँदै गोर्खाल्यान्ड भाक्नेहरू
व्यवस्थामा के भयो अनि गर्यौ र यहाँ नेतागण तिमारले
कता गयो माटोप्रेमी हुँ भन्दै विगतमा के के फलाक्नेहरू
अबत चाहिएन जनतालाई सताउने खालको क्रान्ति यहाँ
सुझबुझबिना बेढङ्गको अनिश्चितकालिन बन्द डाक्नेहरू
के भरोसा गर्नु जुनै नेता आएपनि र गएपनि जनताले
गोर्खाल्यान्ड भनेर त हौ व्यवस्थामा नै गलेर थाक्नेहरू
हिजआज त यस्तो लाग्छ राजनैतिक रोटी सेकाउनेलाई
भोटको समयमा मात्र खिचडी पकाउँदै गफ हाँक्नेहरू
२,
मान्छे मरेर जान्छ तर याद कैले मर्दैन हजुर!
जो मर्छ उसको ठाउँ कसैले नि भर्दैन हजुर!
जसले जे गर्छ त्यो उसकै सुकर्म र कुकर्म हो
किनभने उसको कर्म अरूलाई सर्दैन हजुर!
जति जे छ गर यहीँ नै भन्छु म यहाँ सबैलाई
नत्र केही नगरे आफ्नो अस्तित्व ठहर्दैन हजुर
मान्छेले आखिर भोग्नै त पर्छ बाँचेको छौं र
कसैको दशाग्रह भए आफै टारेर टर्दैन हजुर
यति कुरा बुझिलेउ हे मनुखे!अबत सबैलै नै
कति भन्छु तर कसैलाई फरक पर्दैन हजुर।
***
प्रतिक्रिया
-
४
