– रिता गिरी रेनुका
१
बनाउँला सुन्दर संसार भर थपिदिनु
मेरो नाममा हजुरको थर थपिदिनु
कहिले रिसाउँला कहिले खुशी हौँला
नमानी झर्को मायाको लहर थपिदिनु
२,
मेरो घरको चुलो बल्दैन रे अचेल !
कसैसँग ऐँचोपैँचो चल्दैनरे अचेल !!
पिँढिमा भोकै छट्पटीँदा मेरि आमा,
ती कठोर मनहरु गल्दैन रे अचेल !!
३,
झेल्न सक्छु दु:ख पिर तिमी हुनुपर्छ
मेरो दाहिने देब्रेतिर तिमी हुनुपर्छ
जति हन्डर खाएनि कहिल्यै झुक्ने छैन
हुन्छ सँधै ठाडो शिर तिमी हुनुपर्छ
४,
मनमा हर्ष होस उल्लास होस प्रभातसँगै
हिजो भन्दा आज खास होस प्रभातसँगै
कहिल्यै नहोस दुख पिर कामना छ मेरो
हर दिन हजुरको मधुमास होस् प्रभातसँगै
५,
यस्तो भ्रष्टाचार न सहनु पर्छ न झेल्न पर्छ
रोजेर राम्रो शाशक देश अघि धकेल्न पर्छ
हेरौँला! न रहला बाँस न बजाउलान बाँसुरी
फोहोरी राजनितीक जरैदेखि उखेल्न पर्छ
***
प्रतिक्रिया
-
४
