
– इन्दु तोदी
“तिमीलाई म माथि बिश्वास छ कि छैन ?असाध्यै माया गर्छु म तिमीलाई, तिमीलाइ ख्वाएर मात्र खानेछु, जे जति आपत परेनि तिमीलाइ दुःख हुन दिन्न्, तिम्रा सबै इच्छा आकांक्षा हर हालतमा पुरा गर्नेर्छु । तिम्रो लागि सबैलाई छाडीदिन्छु । धन दौलत गाडी नोकर चाकर सबै तिम्रो पाउमा एकदिन ल्याएर राख्नेछु । भनि त हेर एक पटक” शुसनले यस्तै भनेर बारम्बार फकायो । फकाईरह्यो ।
भन्छन् बैंसले मानिसलाई अन्धो बनाउँछ, हो रैछ सुशनका यस्तै लोभलाग्दा कुरामा लठ्ठ भएा र एकदिन कसैलाइ थाहा नदिई म घरबाट सुइकुच्चा ठोकेँ । बाआमालाई सुशनको बारेमा नभनेको पनि हैन मैले तर बताउँदा सिधै नाइ गरिदिनु भयो । मलाई भन्न थाल्नु भयो, -‘केटो पढेको छैन, न राम्रो कुनै स्थायी जागीर नै छ, न बानी व्यवहार बारे नै केही जानकारी छ । यस्तो केटासँग हामी बिहे गर्दैनौ आफ्नी छोरी’
उसले मलाइ शहरमा कोठा लिई राखेको थियो। अलिक दिन हामी बडो हाँसी खुशी सँग बितायौँ । हामीलाई एक अर्का मैं दुनियाँ संसार देखिन्थ्यो । बाहिरी दुनियाँसँग अनभिज्ञ भै निकै रमाईरहेका थियौँ । नाता गोता कसैको वास्ता नगरी बसेका थियौँ । बिस्तारै समय बित्दै गयो म गर्भवती भएँ ।
मैले भविष्यको सुनौला सपनाहरू बुन्न थालेँ । दुई बर्षमा दुइटी छोरीकी आमा भएँ म । सुशनले आफु गाडीमा काम गर्दै गरेको कुरा बताएको थियो बाहिरी आम्दानी पनि हुन्छ भनेर सुनाउँथ्यो । शुरु शुरुमा राती मातेर आउँथ्यो । भनाभन पर्थ्यो अनि अबदेखि खाँदिन भनेर भन्थ्यो । हुँदाहुँदा अब उ दिउँसै पनि बेस्सरी मातेर आउन थाल्यो । झैझगडा हुन थाल्यो । कुटपिट गर्नथाल्यो । बिहे भन्दा अघि देखाएका सपनाहरू, शितको थोपा घामले उडाए झैँ सबै बिलाए । कसैलाइ भन्नेसुन्ने ठाँउ पनि थिएन आफु खुशी भागेर आएकाले, जिवन जिउँदै नर्क बनिसकेको थियो।
एकदिन ऊ सँगैको साथीले सुशनलाइ थुनामा हालेको खबर सुनायो । लागुपदार्ध बेचबिखन र ओसार पसार गर्ने अभियोगमा उसलाइ ५ वर्षको जेलसजाय भयो । म आकाशबाट भुईमा खसेझै भएँ । कहाँ जानु ? कसरी बस्नु ? अब म ती लालाबालालाई लिएर । झट्ट माइतीको सम्झना आयो । काखे छोरीलाई बोकी अर्कोलाइ डोर्याउँदै म माइतीतिर लागेँ । बाआमाका अगाडि निकै रोए कराएँ बिन्ति गरेँ तर घरबाट भागेकी मलाइ दैलो बाहिरैबाट धपाइयो । अब आश बाँकी थियो सुशनका बाआमा ले अपनाउलान् भन्ने तर तिमी त तल्लो जात को हौ, हाम्रोमा तिम्रो पानी चल्दैन भनि त्यही खुट्टाले मलाइ फर्काए । म अब रुखबाट झरेको फल जुन न आकाश मा पुग्यो न धरतीमा नै झर्यौ झैँ भएँ ।
***
(यस कथाका पात्र र घटना सबै काल्पनिक हुन् कसैको वास्तविक जिवनसंग मेल खाए संजोग मात्र हुनेछ)
प्रतिक्रिया
-
४