
– सुरेशकुमार पाण्डे
“साहुजी ! यहाँ काम पाइन्छ ?”- रामे एउटा होटेलको गेटमा पुगेर सोध्यो। ” काम छैन यहाँ त पहिल्यै धेरैजना बढी छन्।’-साहुजीको रूखो उत्तर आयो।
रामेका केही महिना नोकरीको तलासमा राजधानीमै बिते। उसले दुई दिन भएको थियो खान नपाएको खल्ती रित्तिएपछि राजधानिमा कसले सोद्थ्यो ? ऊ भोकै घुमेको थियो । न घर फर्किने भाडा न काम, ऊ परिसान थियो।
भोक पनि कति दिन खटाउन सक्थ्यो र। भित्र मानिसहरू खाना खाँदै थिए। रामेलाई उनीहरूले खाएको खाना सिसाको बाहिरबाट पनि मगमग बसाउँदैथ्यो।
ऊ अलिबेर त्यही सिसाबाट खाना खाएकाहरूलाई नियाली रह्यो र आफ्नो मुख मिठाइ रह्यो ।
“ए केटा के हेरेको हँ ? “-एकजनाले दरिलै गरी रामेको हातमा छोप्दै भन्यो। ” रामे फर्की हेर्दा आफूलाई प्रहरीले छोपेको देख्यो र झसङ्गियो।
“अरू तेरा साथीहरू कहाँ छन् ? “- प्रहरी मध्ये एउटाले रामेलाई हकार्दै सोध्यो।
“को साथी सर ! मेरा कुनै पनि साथि छैनन् । म त साहुजी सँग काम माग्दै थिएँ” -रामेले भन्यो ।
“काम मागेर मिल्छ ?”- साहुजीले चिन्नुभएको छ तँलाई ? प्रहरीले उस्को कुरा काट्दै भन्यो।
” मलाई चिन्नु भएको छैन कसैले पनि ।” -रामेले भन्यो।
” फेरि भित्र किन नियाली रहेको ? “- प्रहरी चर्को बोल्यो।
” दिनभरी काँ के छ बाजारमा चेवा गर्ने रातिमा घर फोरेर समान जिप्टाउने त्यही होइन ?”- साहु राधेले रामेलाई हकार्दै भन्यो।
“के छ यो झोलामा ? “-प्रहरीले तलासी गर्दै भन्यो।
“सर डकुमैन्ट छ ।”- रामेले झोला आफूतिर तान्दै भन्यो।
“फेरि केहिछैन भने किन लुकाउँछस् ? कोच्छु जेलमा खोल यसलाई” -प्रहरी चर्को स्वरमा बोल्यो।
” ए ए चोर त डिग्रीवाला पो रहिछ । अनि यो फोटा कस्को हो ? देखा त ।” -झोलामा केही तस्विर खोतल्दै प्रहरीले भन्यो।
“यो कस्को फोटा हो ?” -प्रहरी फोटा देख्यो र झसङ्गियो।
“यो मेरो आमाको फोटा हो।” -रामेले भन्यो ।
“यो फोटा त मेरो आफ्नै सानि आमाको फोटा हो ” -प्रहरीले रामेतिर नियाल्दै भन्यो।
“ओहो यो त मेरो आफ्नै सानिमाको छोरा, भाइ पो रहिछ। ए केटा हो छाड यसलाई। यो चोर होइन “-प्रहरी जुनियरलाई छाड्न भन्यो।
“हजुरको सानिमाको छोरा चोर हुन सक्दैन ?”-जुनिएर मध्य एकजना प्रहरिले प्रश्न खडा गर्यो।
“इमानदार मानिस त भोकले मर्छ,तर आफ्नो मानिस पावरवाला भए कसैले चोरलाई पनि शङ्का गर्ने रहिनछन्।” -रामेले भर्खर साहुको खसेको सुनको सिक्री खुट्टाले कुचेको उठायो र खोल्तीमा राख्दै भन्यो ।
***
प्रतिक्रिया
-
४