– शहदेव भट्ट

१,
मलाई गुलाब होईन बरू गुराँस लिएर आउनु
मिसाई त्यसमा आफ्नो सुवास लिएर आउनु
चिसो सिरानीमा थकित नयन उघार्दा जहिले,
चाँदनी मुस्कानमा तिमी प्रकाश लिएर आउनु

२,
तिमीबिना सुरु हुने प्रहर रित्तो लाग्छ
तिमीलाई नदेखे यो नजर रित्तो लाग्छ
भनि देउन कति टाढा बसाइँ सर्यौ तिमी ?
मलाई त तिमी बिना सहर रित्तो लाग्छ

३,
हेर, रहर गरेर पनि कोही ढलिरहेको छ
मुर्दा पो यहाँ आगोले जलिरहेको छ
जिउँदै जलाउन त सजिलो उपाय छ,
यहाँ मायाको चलन जो चली रहेको छ

४,
तिम्रो मायाले मन अघाए नि हुन्थ्यो
मध्यरातमा त याद नआए नि हुन्थ्यो
मैं गरुँला माया तिमी बोलिदिए पुग्छ,
रिसाएको मैले थाहा नपाए नि हुन्थ्यो

५,
आफैँलाई धन्यवाद र स्याबास दिनुपर्छ
काम सकेर आफ्नै काँधमा धाप दिनुपर्छ
कहिलेकाहीँ त आफैँलाई भोज खुवाएर
आफैँलाई केही उपहार खास दिनुपर्छ

प्रतिक्रिया

सम्बन्धित खवर