बा सिकिस्त भएपछि डाक्टरले आइसियुमा राख्दै भने, “बा को सबै जाँच गर्नुपर्छ  ।”

“स्वास्थ्य सुधार हुन्छ भने जे पनि गर्न तयार छौँ ।” मैले सहजता प्रदान गरेँ ।

डाक्टरले भने झैँ गरियो । दिनको पच्चिस देखि तीस पटक सिरिन्जमा डाक्टरले रगत निकाले ।  दुई दिन भेन्टिलेसन राखेपछि डाक्टर बोले, ” अझै पन्ध्र दिन सम्म यतै आइसियूमा राखौँ ।”

“हामीलाई कुनै सहुलियत मिलेन भने आर्थिक हालत पातलो भयो । के गर्ने ?” मैले प्रश्न गरेँ ।

उनले भने , ” यो टिचिङ्ग हो । छुट छैन ।”

उति बेला बाहिर रामलालले ढोका ढकढकाए  र भने, ” म फलानोको मान्छे ।”

” ल उहाँलाई भित्र पठाउनुस् ।” डाइरेक्टरले सिधा  फर्माइस् गरे ।

कुन्नि के थियो उनको देन ? कसैले बुझेन । ती लेनदेदनका  खलनायक पात्र थिए । म आफूलाई साहित्यकार भनि टोपल्थेँ । केही सामाजिक सुधार र परिवर्तन गर्न हाम्रो  केही देन पक्का थियो । बालाई उसै गरि भेन्टिलेसनबाट आइसियु, आइसियु देखि एचडीयू ( हाई केयर ) धाइयो । भएको पैसा सकियो। टिचिङ्गमा फ्रि वेड भन्ने फ्यासिलिटी प्रभावितलाई दिने रहेछ । नामका  प्रभावित पात्र एकपछि अर्को गर्दै खलनायक शैलीमा  पर्दामा देखा परेपछि हामी जस्तो लेखकलाई कस्ले सुन्ने ?

वार्डमा ल्याएपछि डाक्टरले भने, “उहाँको ब्लड कमी भयो । ”

मैले ब्यंग्य गर्दै भनेँ, ” हो रहेछ डाक्टर साव, दिनको तीन पाउन्ड रगतले ल्याव टेस्ट  गर्दा राम्रै उपचार गरिँदो रहेछ ।”

***

प्रतिक्रिया

सम्बन्धित खवर