
– दिपा मेवाहाङ राई
इन्द्रेणीको सप्तरंङहरूमा
एक रडं चोरेर
परेलीको क्यानभाषमा
बनाइ रहेको छु एउटा चित्र,
समयको उष्णताले
रडंहरु छचल्किएर कुच्ची लतपतिएर
इतिहासका अध्याय -अध्यायका पाना
विआकृती, विनिर्मित भए पनि
किन सुन्दर लाग्छ मलाई
आफ्नो चिम्से कदको त्यहि चित्र ..?
चोमोलुङको डाडाँमा बसेर कावा खाँदै खाँदै
बगिरहेको निलो तमोर हेरी रहेको छु
शालिन छालहरूसंग स्वतन्त्रताका सनतापमा
उभौली ऊधौंली साकेलाको शिली बुनी रहेको छु
पछेउरिमा सेकमुरी बाधेर
सुक्मबरी बास्ना छरी रहेछु माटोहरूमा
र नै कुदि आए भेट्न उधौलिमा तिमीलाई,
सुम्निमा र पारुहाङ भाकल गरी
तिनचुलो कसम खाइ मुन्दुमी साईतमा
पठाएको छु खिदिहरु प्रकृतिको नाता जोड्न
ङालतुप्ला भरी प्रेमिल सगुन फिजाई
अनि त बनायौ मलाई आफ्नै आङमा
सिकायौं- आफ्नै भाषा, संस्कृति, सभ्यता
चिनायौं आफ्नौ फरक मौलिकता हुनुमा
हुन त,
आँखाको आकार फरक होला
आँखाको लय फरक होला
आँखाको सिली फरक होला
आँखाको परिभाषा फरक होला
तर
संसारको सबैभन्दा सुन्दर चिज
आँखा,
मन र
मुटु त रहेछ ।
त्यसैले त
आँखा, मन, मुटुको क्यानभाषमा
आफ्नै विनिर्मित आकृति सजाएकी छु ।
***
प्रेमका बारेमा कवि दिपा मेवाहाङ राई भन्नुहुन्छ, -“प्रेम एउटा मीठो आभास हो । जसलाई जुनै अवस्थामा पनि महसुस गर्न सकिन्छ ।”
प्रतिक्रिया
-
४