आँगन

मुलकवि – किम गुम्ने
१, बाटो
बाटो
वक्र भएर बढ्छ
पहाडलाई अङ्गालेर
वक्र बन्छ
नदीलाई अङ्गालेर
वक्र बन्छ
रेलको ट्रयाकलाई अङ्गालेर
वक्र बन्छ
वक्र बन्दै
वक्र बन्दै
बाटो टाढा टाढा पुग्छ ।
२, स्थिर पानी
समुन्द्र जान नचाहने
पानी पनि हुन्छ
बग्दै गरेको बहाव रोकेर
शान्त भई
सोचमग्न हुने
पानी पनि हुन्छ
संसारका सबै पानी
समुन्द्र पुग्दा
रूखभित्र पसेर
हात फैलाई उभिने पानी पनि हुन्छ
पात अनि फूल बन्दै फुल्ने
पानी पनि हुन्छ ।
***
अनुवाद – मोहन कार्की
प्रतिक्रिया
-
४