– सुर्य खत्री

गजल १,
दिलको तोस्रो झिकी पोयो बाटी दिउँकी हजुर
यो मुटुको बास पनि उतै साटि दिउँकी हजुर

अघाउँदैन  नजरले  त्यो उन्को रुप देख्न
हेर्न सधैं आँखाको डिल काटी दिउँकी हजुर

सम्बन्धमा आगो लाउँन सलाइ बोकि हिडेकाछन्
तिम्रो मेरो बिचको नाता अब ढाँटी दिउँकी  हजुर

भन्छन् यहाँ कि गर्छ आँटले कि गर्छ ढाँटले
एकै थाप्लो दुइटा नाम्लो आँटी दिउँकी हजुर

गजल २,
नलेखेसी निधारमा जोड गरि हुन्न
गरेको त जबरजस्ती जुनि भरी हुन्न

माया गर्नु बेग्लै कुरा भाग्य अर्कै कुरा
जति ठूलो शीत  खसोस त्यो त झरी हुन्न।

मनमा बस्ने मान्छे लेत जेगरेनि राम्रै
उनी भन्दा राम्रो यहाँ  लाग्छ परि हुन्न

रुप एकै भए पनि मान्छे फरक  मनका
ढुङ्गे मुटु बोक्ने सङ्ग कठै! बरि हुन्न

***

प्रतिक्रिया

सम्बन्धित खवर