– नवराज न्यौपाने ‘मौन’
मैले आफू विधुर भएको कसैलाई बताएको थिइन । तर मैले पढाउने कलेजकी एउटी छात्राले मेरो बारेमा सबैसँग सोधखोज गरेर मेरो बारेमा धेरै कुरा थाहा पाइछन् । त्यसपछि उनी मप्रति झनै आकर्षित हुन थालिन् । मप्रति हार्दिकता र सद्भाव प्रकट गर्दै गइन् ।
ट्युशन पढ्न नपर्ने मेधावी छात्रा भए पनि उनी ट्युशन पढ्ने बहानाले मेरो कोठामा आउन थालिन् । कोठा खाली भएपछि पछि त म बसेकै घरमा कोठा लिएर बस्न थालिन् ।
बिस्तारै उनले मेरो कोठा सफा गर्ने ,सामान मिलाउने ,खाना पकाउने आदि काम गर्दै गइन् । अर्थात् मलाई माया गर्न थालिन् । मलाई भने असहज लाग्न थालेको थियो । अनि, मैले पनि उनको बारेमा धेरै कुरा बुझ्ने प्रयास गरें । दुईजना गुण्डा स्वभावका मान्छेले प्रेमको नाटक रचेर उनलाई धोका दिएका रहेछन् ।
यत्तिकैमा मैले एकदिन उनलाई भनें – ‘ नानी !तिमी त मभन्दा १६ वर्ष सानी मान्छे । किन मसित यति साह्रो हुरुक्कै हुन्छ्यौ ? जीवनमा धेरै पाठ सिक्न बाँकी छ । मेरो के कुरा मन पर्यो र तिमीलाई?’
उनले भनिन् -‘मलाई हजुरको सोझोपन मन पर्छ । मलाई विगतले धेरै पाठ सिकाएर गएको छ । एउटा पाठ यो हो कि सीधासादा मान्छेहरू कहिल्यै धोका दिदैनन् ,किनकि उनीहरू जालझेल गर्न र षड्यन्त्र बुन्न जान्दैनन् ।’
***
प्रतिक्रिया
-
४
