– गोविन्द गिरी प्रेरणा 

(सामाजिक सञ्जाल फेसबुक सन् २००४ मै स्थापना भए पनि सन् २००७ सम्म पनि समरूपमा चालू भइसकेको थिएन । कतिले त छिटो छिटो ईमेल पठाएर पनि सम्वाद गर्थे । तर जीमेलमा सम्वाद (Chatting) को सुविधा थियो । मित्र किशोर पहाडीसँग मैले ३० नोभेम्वर २००७ मा त्यसरी सम्बाद गरेको मैले जोगाएर राखेको रहेछु । यो हामी दुईको मित्रवत् सम्वाद हुँदा हुँदै पनि साहित्यिक पक्षको पनि चर्चा भएकोले हामी दुईप्रति चाख हुने वा अन्य कोही पनि पाठकको लागि रुचिकर हुन सक्ने ठानी प्रस्तुत गरेको छु -गोविन्द)

गोविन्दः के छ ?

किशोरः के छ काजी हालखवर ?

गोविन्दः ठिकै ।

किशोरः मधुपर्कमा “कोटको खल्तीमा” राम्रो लाग्यो । मधुपर्कमा कविता छापिएको थाहा छ ?

गोविन्दः हो र !

किशोरः अनि डा. गोविन्दको “द्वन्द्व र युध्दका कथा” Stories of Conflict & War वाहिर आएको छ ।

गोविन्द: त्यो पनि हेरें ।

किशोरः ओह !

किशोरः छिट्टै आएछ ।

गोविन्दः युवराज र रोदनले ल्याएको ।

किशोरः ऐ ऐ

गोविन्दः अनि नयाँ के लेख्दै ?

किशोरः दुइटा लामो कथा लेख्छु होला ।

गोविन्दः लेख्छु रे !

किशोरः हो ।

गोविन्दः अनि मेरो पत्रिकालाई कविता नपठाउने ?

किशोरः पठाउने ।

गोविन्दः कहिले ?

किशोरः मागेकै होइन । पठाउँछु ।

गोविन्दः अहिले मागे नि !

किशोरः छापिन्छ र ।

गोविन्दः म प्रधान सम्पादकको हैसियतले अनुरोध गर्छु ।

किशोरः हाहाहा ! म पठाउँछु ।

गोविन्दः कस्तरी हाँसेको !

किशोरः मज्जा लाग्यो । कहिलेकाहीं पुराना भेटघाटका कुरा, घुमघामका कुरा, कुलेश्वरमा चिया खाएको कुरा सम्झना आइरहन्छ ।

गोविन्दः  अब नेपालमा म आउँदा मज्जा गर्ने है !

किशोरः ओके ! अब नेपाल कहिले आइन्छ नि !

गोविन्दः जेठमा ।

किशोरः ओके ! लौ त अहिले !

गोविन्दः त्रिपुरेश्वरबाट तिम्रो साइकल पछाडि बसेर कालिमाटी आएको म पनि सम्झन्छु । त्रिपुरेश्वरबाट तिम्रो साइकलमा पछाडि बसेर कालिमाटी, रिङरोड गएको याद आउँछ ।

किशोरः त्यही त !

गोविन्दः हाहाहा…

किशोरः कति मज्जा थिए ती दिनहरू …यसरी नै विना जालझेल माया प्रेम रहिरहोस् !

गोविन्ः अव सुतौं कि !

किशोरः ओके । यता त विहान १०.२५ बजेको छ ।

गोविन्दः बाई ! यहाँ राती ११.४५  । शुभ रात्रि मलाई !

किशोरः ओके शुभ रात्रि !

०००

केही खुलः

१, ” कोटको खल्तीमा” गोविन्द गिरी प्रेरणाको कविता हो जुन मधुपर्कमा प्रकाशित भएको थियो ।

२, Stories of Conflict and War डा. गोविन्दराज भट्टराई र विष्णुबिभू घिमिरे सम्पादित कथा सङ्कलनको अङ्ग्रेजी अनुवाद हो र अनुवादक हुन् डा. गोविन्दराज भट्टराई । यसको नेपाली भाषाको सङ्कलन “द्वन्द्व र युध्दको कथा” शिर्षकमा डा. भट्टराफ र घिमिरेकै सम्पादनमा प्रकाशित छ ।

३, युवराज र रोदन भन्नाले युवराज नयाँघरे र श्रीओम श्रेष्ठ रोदन हुन् । अनेसासको पुरस्कार ग्रहण गर्न उनीहरु अमेरिका आएका थिए र मैले आतिथ्यता गर्ने अवसर पाएको थिएँ । उनीहरुलाई मैले केही पुस्तकहरु ल्याइदिन अनुरोध गरेका थिएँ र ल्याइदिएका थिए जसमा  Stories of Conflict and War पनि थियो ।

४,” मेरो पत्रिका” भन्नाले “विश्वपरिक्रमा” पाक्षिक अखवार हो । यो नेपाली भाषाको पत्रिका मैले अमेरिकाको राजधानी वाशिङ्टन डिसीबाट झण्डै दस वर्ष प्रकाशित गरें कूल १३३ पूर्णाङक जुन नेपालको मदन पुरस्कार पुस्तकालयमा डिजिटल कपी सुरक्षित छ र अमेरिकाको वाशिङ्गटन डिसी स्थित लाईब्रेरी अफ कङ्ग्रेसमा मुद्रित प्रति र माइक्रोफिल्म समेत बनेर सुरक्षित रहेको छ ।

५, त्रिपुरेश्वरबाट किशोर र म साइकलमा आउने कारण के हो भने, किशोर पहाडी त्रिपुरेश्वरस्थित खानेपानी संस्थानमा ओभर सियरको रूपमा काम गर्थे । म त्रिपुरेश्वरस्थित हाल वर्ल्ड ट्रेड सण्टर भएको स्थानमा अवस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रिय कार्यालयमा लेखापालको रुपमा काम गर्थें र बेलुका काम छुटेपछि सँगै न्यूरोड, कालिमाटी, कुलेश्वर हुँदै बल्खुसम्म पुग्थ्यौं । किनभने त्यतिवेला म कालिमाटीमा डेरा गरी बस्थें र किशोर आफ्नो पिताजीले बनाएको मूल घर बल्खुमा बस्थे ।

***

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर