– समीक्षा भट्टराई
१,
विश्वास थियो र त तिम्रो हात समाएकी थिएँ
तिम्रो त्यो नचाहिँदो गफहरूमा नि रमाएकी थिएँ
खोई कुन जादु टुना गर्यौ कि मोहनी लगायौ?
मैले नि थोरै भए नि तिम्रो माया कमाएकी थिएँ
२,
फूलहरूबाट सिकेँ मैले हरेक परिस्थितिमा मुस्काउन
पन्छीसित सिकेँ मैले हरेक परिस्थितिमा गुन्गुनाउन
हाँस्दै ,नाच्दै हिँड्नु पर्छ जस्तो कठिन हुन् बाटाहरू
समयसँग सिके मैले जस्तो परिस्थितिमा नडराउन
३,
जति बिर्सनु खोज्छु त्यति नै तिम्रो याद आउँछ
निदाउन नपाइ तिम्रो सपनीले मलाई सताउँछ
तिमीलाई बिदा गर्दिउँजस्तो लाग्छ यो मन बाट
तर किन हो किन तिम्रो स्मृति मेरो पछि धाउँछ
४,
अचेल छोडी सकेँ म सही छु भन्न
लागेकी छु आफूलाई स्वार्थीमा नै गन्न
मेरो स्वभिमानमाथि तिम्रो प्रहार भएर
सुरु गरेँ आफ्नो लागि खाल्टो खन्न
५,
त्यो तिम्रो मिठो मुस्कानले मोहनी लायो
त्यो तिम्रो नयनले मलाई घायल बनायो
त्यो तिम्रो सरल स्वभावले ए मेरो प्यारा
बिर्सन नसकिने गरी आकर्षित गरायो ।।
***
प्रतिक्रिया
-
४
