– गाेविन्दबहादुर कुँवर
“यी केट्केटीले खाने विखये पाेखेर, खेर फालेर छुट्टी ! टिप्न हुनि त टिपेर खा`नि हुन्त्याे नि ।
भैँमा खसेकाे नि क्वै टिपेर खान्च भनेर डाँकाले टिप्चन् । आदी मुँखा आदि भैँमा पार्चन्, क्यार्नू । आफूलाई अन्नकाे मया लाग्च ।
लेख्ने कापीकागतकाे त्यै पारछ । आदी लेखेर मिल्काउँचन् ।
हाम्रा पालाँ बाँसकाे टटलाेमा पनि लेखियाे सुरु सुरुमा । काली कटुसकाे मसी बनाइन्त्याे । निगालाकाे कलमले लेखिन्त्याे ।
हाम्ले धेरैजसाे टालेकै लार सिङ्गै वालापन काटियाे ।अचेलकालाई इतिकिति कतै धागाे निस्कन हुन्न, यस्ताे फाटेकाे नि काे लाम्च भनेर हुर्याउँचन् ।
यिनका उमेराँ हामी बाख्रा लिएर पारी भिराँ चाहार्त्यौँ । खिर्रा रुखाँ चढेर हाँगा काटेर बाख्रालाई घाँस ख्वाम्तेम् । भकाराे सिनित्त पारेर साेर्तेम् । टाैवाँ चढेर पराल थुत्तेम् । पुस माघकाे चिसाे ठिहिराेमा बारीमा काेदाेकाे नल काट्न खाली खुट्टा जान्तेम्, अलिवेरमा आफ्नु खुट्टा आफ्नै हाेकि अर्काकाे हाे था`नै हुन्तेन ।
अचेलकालाई के भन्नू । घरकाे काम क्यै सगाउने हैनन् । यसाे गर उसाे गर भन्याे सुन्ने कान लाउन्नन् ।
घरमा आउने पाहुना पाछासँग वाेलेचालाे गर्ने हैनन् । एक्लै बस्छन् के जाती हेर्छन् । एक्लै बाेल्चन् । एक्लै हाँस्चन् ।
कि टि भी छ कि टब्लेट, कि माेबिल । टिभीमा यसाे सम्चार हेरम्, राजा माराजहरु गै हाले । ऐलेका राजा माराजा नेताहरु भा`छन्, टिभीटि भा`नि तिनै गनाएका नेताहरुकाे भने पनि दर्शन गरम् भन्याे, लाेक गीत, दाेरी गीत सुनम् भन्याे रिमाेटै दिन्नन् । उनैले अँठार बस्छन् ।
घरकाे सरसफाइ गर्नु, लुगाफाटा पटार मिलार राख्नु, धाराबाट पानी भर्दिनु, टाेइलेटमा पानी राख्दिनु अझ सके सफा नै अर्नु, भाँडा माझ्न सगाउनु क्यै हैन । जति कराए नि आफैँ छुचाे हुनु मात्र । माखाे मर्दैन । वरकाे सिन्काे पर सार्ने हैनन् ।
टङ्की भरिएर पानी पाेखिए नि मतलब छैन । घाम लाग्दासम्म बत्ती बलिरहे पनि वास्ता छैन ।
यिनले पछि क्यारेर खालान्फ! के जमाना आयाे यस्ताे खै ?
गंगाबाजे यस पटक त अम्रिका तिर निकै नै बसेँ । मजाले घुमेर आएँ भन्तेल । उता गाेराका छाउरा छाउरी कस्ताे गर्दा रान् कुन्नि ! साेध्न मन लाइराथ्याे । बाजेसँग देखभेट नभकाे नि निकै दिन भैसकाे ।
अरुका हिला पसी सके । आफ्नाे त आली कान्ला तासेर भ्याकै छैन । माज पार्ने भए सँदियारेले भन्दैथे,अस्ति न । मुङ्सीरमा छेउ पार्लान् भन्ने पीर, असाराँ माज पार्लान् भन्ने पीर !
न कुलाे खन्न लाछन् कि !फपाेरकाे बाढीले कुला जति चैते हुरीले रुखकाे हाँगा भाँचेजस्तै सबै भाँच्या छ नि भन्ते ।
“म त धरान तिमी चैँ चिताैन,गार्हाे भयाे जिन्नगी विताैन” गुनगुनाउँदै धरानकाे गर्मी र छाेराकाे कमाइ खाइरा त छैनन् हाेला । गाम तिरै लागे हुनन् । खेत रापेर काठमाण्डु झर्लान् अब ।
जता जता डुले फिरेर पाहुनु मानु खाए नि, आफ्नै रासन खाए पनि आखिराँ थिर हुनि त काठमाणडुमा नै हाे क्यारे गंगा बाजेकाे ।
उइले काठमाण्डुलाई नेपाल भन्नुहुन्त्याे बुआ आमा, हजुरबा हजुरआमाले ।
हुन त ऐले पनि के फरक छर, छन त । त्याँ बस्नेलाई नपुगी अन्त बस्नेले काँ पाम्चन् र । उइ कताकतैका टाठाबाठाले तिनलाई रिझार क्यै लालान् । उ वेला नि वडाहाकिमहरुले लान्ते ।
बैँसा मेलापाताँ, राेदी घराँ बेसरी दाेरी गाइयाे भन्ते । अचेल हत्तरमा टेक्ने बेला हुँदा नि लाेक गीत भनेसी गंगा बाजे हुरुक्क हुन्चु म त भन्चन् ।
नानीमा लाकाे वानी कसैअरी नजानी । त्यै भर, सानैमा राम्राे वानी वसाल्न पर्नी रच ।
बाजेलाई जिन्नगी विताउन गार्हाे त किन हुन्त्याे र । जति दु:ख गर्नु उमेरमा गरे । ऐले बाजेलाई हाइसञ्चाे छ ।
यसाे हेरविचार अर्नी र ताताेलाई चिसाे अनि चिसाेलाई ताताे अरेर दिनी काम बजैबाट भैआल्च ।छाेरा बुहारी दुबै डाग्डर रचन् । बाजेलाई केही भैहाले तिनले सुई लाइहाल्दा हुन् ।
छाेरीहरुले बिदेशटी मयासँगै डलर पनि पक्कै पठाम्चन् हाेला क्यारे । आफूले कमाकाे संपय छदैछ, अझै त्यस उपरीमा छाेरछाेरीकाे कमाइ पनि थुपरी भसी, त्याँ भन्दा के चाइयाे र ?
ऐले टाढा भैयाे भेट हुन पनि मुश्किल भाे ।
अब आँगन नै पर्देश हुने हुने वेला आइरच ।
के जाती कति लम्बरकाे पर्देश त आइसक्या छ नि भन्चन् भन्न त ।
उ वेला सँगै पढियाे । कति बाेलियाे । कति हाँसियाे । कति खेलियाे।
कै`ले त ठाक्कठुक्क पनि गरियाे र फेरि परालकाे आगाे भन्याजस्ताे ट्याप्पै मिलियाे ।
ऐले संझेर ल्यम्दा उदेक लाउँछ । ती दिनहरु किरिन्चे खाेलाकाे पानी बगेर गए सरी गैहाले । फर्केर आउनी रैन्चन्।
उति वेला किरिन्चे, पाउँदी, नाउदी, फाउँदी, मजुवा, खहरे कुनै खाेलाँ नि साँगु थिएन, जाँगरै तर्नु पर्त्याे । साउन भदौमा पानी परेकाे वेला जगाँर तर्न कम्ता गार्हाे हुन्थेन । एकफेर चप्पल लारै तर्ने भाकाे जिमित्रेले मेराे याैटा चप्पलै बगाइत्याे ।
अर्काे फेर जुत्तासँगै पस्दा पाउँदीले झण्डै आफैँलाई बगाकाे ।यसरी जाँगर तर्दा आफ्नाे भन्दा नि हप्ता भरिका लागि पुग्ने पढाइ खर्च चामल, गावा, गुन्द्रुक, भुटुन, अदुवा, लसुन, मरटी, लुगा धुने रिठ्ठा र न्वाउने सुका खाले सावनकाे पीर बढी लाउत्याे ।”
गाैरिबाजेकाे फत् फत् छड्किराखेेकाे थियाे । मलाई झ्याउ लायाे र बीचमै राेक्दिएँ । जाँगर लाएछ भने कुनै दिन फेरि सुन्दिनुपर्ला ।
***
(यसमा लेखिएका कुरा कतै कसैसँग मिल्न गएमा संजाेग मानियाेस्)
प्रतिक्रिया
-
४