– प्रचण्ड गौतम

मुक्तक १
समयमा सधैँ इच्छा चाहना हरदम राख्नु
मनमा पढाइ राखेर अरुलाई कम राख्नु
यहाँ भूल्ने भूलाउने वाहना अनेक होलान,
गन्तव्य र आफ्नो काम नभूली गम राख्नु ।

मुक्तक २
स्वयम् रित्तिनेगरी उसैप्रति झुकाइ किन
भोलि छुट्टिने त्यो हातको समाइ किन
साथसाथ हिँडेर गन्तव्यमा पुग्नु छैन भने,
अधीर बनी फेरि उसैको पर्खाइ किन ।

मुक्तक ३
तिमी कन्चन पानी रह्यौ, म आगोको रापले जलें
मौनता भित्रको चुपचाप निस्तब्धताको पापले जलें
कि भन्नू पर्थ्यो कि छुटाउनु पर्थ्यो समयमा यो कुरा,
तिमीले झूट बोल्यौ, बदलामा पश्चातापले जलें ।

मुक्तक ४
सबै उसलाई फूलले पुज्छन् तर ऊ अरुलाई पत्थरले हान्छ
मान्छेलाई उसकै व्यवहारले बिगार्छ ऊ अरुलाई दोषी ठान्छ
मान्छे हो जान-अन्जान गलती त कसैको पनि हुनसक्छ नै,
तर किन आफैंले आफूलाई विद्वान ठानी अरुलाई लाटो मान्छ ।

मुक्तक ५,
तिमिले नबुझेको सहि खत गहिरो  पाएँ
साच्चै एकोहोरो प्रेमको लत गहिरो पाएँ
बुझ्छु भन्थ्यो बुझाउछु भन्थ्यो कुनै समय
भत्काउने र बिथोल्ने जगत गहिरो  पाएँ!

***

प्रतिक्रिया

सम्बन्धित खवर