– रिपन गौतम
(१)
अनुहारमा हाँसोको सुन्दर प्रभाव हुन्छ
भित्र त समुद्र पनि शान्त हुँदैन न हाँसेर बोल्ने बोली।
(२)
माया गर्न आफ्नो स्वाभिमान याद राख्नु
माया मार्न उसको छलकपट सम्झनु।
(३)
फुलेको फुल नै रहेछ यो जीवन
कहिले देवीथानमा छ कहिले चिताको छाती माथि।
(४)
तिमी आफै सम्हाल्नु आफैलाई
यहाँ एक एक समय भत्किएर भताभुङ्ग छन् मेरा।
(५)
मलाई कृष्ण मन पर्दैन हिजोआज
राम हुन म बनबास गई रहेछु।
(६)
मन पनि कति बिचारा कोई बेला
हरेक भिड भित्र आफ्नोपनको सान्तवनाहरू खोजी रहन्छ।
(७)
उसले उसलाई नै गरेको पर्खाइ सोचेछ
कसलाई के थाहा कति प्रतिक्षामा ईश्वरको बास हुन्छ।
(८)
सलाईको बट्टालाई हेरेर बुझ्दछु म
अरूलाई आगो लगाउनेहरू कहिले महंगो हुँदैनन्।
(९)
अँध्यारो पनि साथी बन्दछ
कसैले न आँसु देख्छ न देख्छ थाकेको अनुहार।
(१०)
राजनीति किन गर्छौ सरकार!
यहाँ नेताले जनता बुझ्दैन,न जनताले नेता पुज्छ।
(११)
मेरो मौनता मेरो कमजोरी सम्झन्छन् कति
उनीहरु जान्दैनन् मौन हुन कति बलियो हुनुपर्छ।
(१२)
अब तिमीले सबै गुमाएउ! -उसले भनिन्
उसलाई के थाहा उ कतै थिइन म भित्र कतै।
(१३)
जलेर खाक भए पछि थाहा हुन्छ मौम बत्तिलाई
कारण त्यो धागो थियो जो मुटुमा बसेको थियो।
(१४)
नजोड्ने गरि फुट्ने नै सपना हो
सिसा त टालेर पनि आफ्नो तस्विर हेर्छन् मानिसहरू।
(१५)
जहाँ सम्मान छैन नजानु त्यहाँ
उसकै पछि-पछि छु म! मिठो गल्ती छ यहाँ।
***
प्रतिक्रिया
-
४
