– एसके निधन

नि:शुल्क स्वास्थ शिबिरमा सहभागी गर्वभती सावित्री खत्रीको गर्भ चेकजाँच पछि डाक्टरले भने-“होइनौं हौ भाउजू तिनवटी छोरी र दुईवटा छोराकी आमा भैसक्नु भएको रैछ ।अब फेरि यो के गरेको ? अझै रहर पुगेन र भन्या ?”

सावित्री भाउजु लजाउदै बोलिन- “क्यार्नु डाक्टर साव ,रहरले  मात्रै त यो उमेरमा किन दुख पाउँथे र ? अब भगवानले दिएपछि हात थाप्नै पर्यो क्यारे ! ”

डाक्टरले सावित्री सङ्गै उभिएका उनको श्रीमानको हात समात्दै मुसुक्क हासेर बिन्ती बिसाय-“लौ न प्रभु !
अब त कृपा गरेर यो सृष्टिको लीला रोकिबक्स्योस ।”

  1. ***

प्रतिक्रिया

सम्बन्धित खवर