– केसर बोहरा सङ्घर्ष
गजल १
दुर्गम कर्णालीमा अन्नकाे दाना छैन
यहाँ कसैलाई राम्रो गर्ने जमाना छैन
तिताे सत्य सामुन्य बताइदिन्छु मित्राै
हजुरलाई झुक्याउने कुनै बाहाना छैन
ठक्कर मात्र लाग्छ जीवनमा घरीघरी
अब थाक्नु थाके जिउँने चाहाना छैन
कानुन भनेकाे गरीबका लागि मात्र हाे
धनीका लागि दुई नम्बर सिमाना छैन
पैसाकै पावरमा उम्किन्छन् बलात्कारी
बलात्कारी थुनेर राख्ने कारखाना छैन
कर्णाली नदीले तराई नै डुबानमा पार्दा
मानिसलाई ओत लाग्ने राम्रो छाना छैन
गजल २,
हेर्नुस् कसैकाे गुलामी दास भएर बस्नु छैन्
र त मन मुटुको पनि खास भएर बस्नु छैन्
हत्या गरेर छाेडिदिन्छन् सुन्दर फूलले पनि
हरपल भित्री दिलकाे बास भएर बस्नु छैन्
सुख, दुःख भनेको नि जिन्दगीको खेल हाे
खुसी भएर बस्नुस् मधुमास भएर बस्नु छैन्
बिष नै ओकल्छ सर्पलाई दुध पिलाउँदा नि
हाेसियार खुसीको आभास भएर बस्नु छैन्
केही न केही गर्नुपर्छ मान्छे भएर जन्मेपछि
यो धर्तीकाे बाेझ ज्यूँदाे लास भएर बस्नु छैन्
***
प्रतिक्रिया
-
४
