-शोभा काफ्ले खतिवडा
१,
नयनका कोश भरी तिम्रै नामको गाजल लाछु
हृदयका ओत भरी तिम्रै नामको आँचल सजाछु
जीवनमा सम्बन्धको यति न्यानो सिरानीमा,
धड्कनका स्रोतमा तिम्रै नामको भाकल गऱ्याछु
२,
रात पनि सुन्दर हुन्छ मनमा दीप बाल्न जाने
दिन झनै सुन्दर हुन्छ तनमा प्रित पाल्न जाने
यात्रा कुनै कठीन हुन्न हिम्मत, जोश झिक्न सके,
मन पनि दुःखी हुन्न धनमा हित फाल्न जाने
३,
म आकासको तारा जुटाउँछु, भन्नेसित सावधान
मायाँ गर्दा ज्यानै लुटाउँछु, भन्नेसित सावधान !
मनको पोखरी सफा भए मुखले बोल्न के जरुरी ,
बोलेरै मुखले पाहाड टुटाउँछु भन्नेसित सावधान
४,
किन गर्छौ जीवनमा घमण्डको खेलो
मरि जाने जीवनमा के को यस्तो रेलो
के लिएर आयौ तिमी के लिएर जाने
यसैले म भन्छु गरौँ है सत्कर्मको मेलो
५,
युवा सबै देशको उन्नतिमा रमाउन
कर्मले सँधै देशको पाटो सजाउन
फेरि पाइन्न खोजेर यस्तो जीवन,
ज्ञान विवेकले देश झलमलाउन
***
प्रतिक्रिया
-
४
