आँगन
– रमेशचन्द्र अधिकारी
क्षितिजको रंग
कहिल्यै उसको अनुहार छुन आईपुग्दैन ।
मधेसको घाम
अलिकति उसको खल्तीमा पस्छ
र अनुहारमा छाउछन् –
उज्यालोका धर्साहरु ।
घाम हिँडिरहन्छ
उसकै साइकलमाथि बाट ,
स्मृतिदंशबाट हराउँदै जान्छन्
हातखुट्टाका चोटहरु ,
क्रमशः हराउँदै जान्छन् :
आदेशहरुको बहिखाता बोकेको
ठेकेदारको मुखाकृती
र ज्यावलका धारहरु पनि ।
साँझ परेपछि
एक मजदुर बाबुले
छोरीको बिहे बाहेक अरु केही सोच्न सक्दैन ।
***
प्रतिक्रिया
-
४
