– मीरा गजुरेल

मुक्तक १,
एकनास गोप्य राख्नुपर्ने खानैपर्ने लुकाउनेभन्न किन नहुने?
घुस जति मोटो र ठुलो खाएपनि नअघाउने टन्न किन नहुने?
हरबखत सवाल उठ्छ,लगातार बारबार देशको हाल दुख्छ!
तर पनि भ्रष्टाचारीको मनमा लाजसरम उत्पन्न किन नहुने?

मुक्तक २,
लोभी पापी छ दुनिया भर नगर्नू आश नगर्नू
मन पेट  नखोल्नू  दुई दिनमै विश्वास  नगर्नू
पलभरमै बोली फेर्न  मन बदल्न सक्छन् ती
अधिक नगर्नू आफ्नै हुन् नठान्नु खास नगर्नू

मुक्तक ३,
जीवनमा सुन्दर  नयाँ रङ्ग भर्न सक्छ भरेर हेर्नू
प्रेमले मनमा  मिठो  उमङ्ग भर्न सक्छ भरेर हेर्नू
परमानन्द  बन्छ जिन्दगी  पवित्र दिव्य धाम बन्छ
जिन्दगी बदल्छ साथ सङ्ग भर्न सक्छ भरेर हेर्नू

मुक्तक ४,
मिठो आस  बनाउँदोरहेछ रहर बनाउँदोरहेछ
हृदयले पनि मायाको न्यानो घर बनाउँदोरहेछ
विश्वासहरू झुलेपछि मनभरि माया फुलेपछि
मनले खुशी भर्दोरहेछ मिठो सफर बनाउदोरहेछ

मुक्तक ५
कल्पना होइन  मिठो यथार्थतामा मन लगाउन सिकौं
जिन्दगी जिउँदा वास्तविकता  नै  मन बसाउन सिकौँ
अनि पो जीवन जीवन जस्तो बन्छ सदा उच्च  रहन्छ
मनका हरेक बोली ब्यबहारमा  सत्यता बनाउन सिकौँ

***

प्रतिक्रिया

सम्बन्धित खवर