
– मानन्धर अभागी
गजल १,
रूवाएर गइ कसलाई सुनाऊँ
कमलो यो मन कसरी बुझाऊँ
स्वार्थ पूरा भैगो खाँचो परेन
कस्तो स्वार्थी रहेछ के बताऊँ
आँशु बग्छ निर्दोष नयनबाट
मुसलसल आँशु कहाँ लुकाऊँ
भन्न त भन्थी बुबा मुमा हजुर
हजुर जस्ता आमा बाबु पाऊँ
बिर्सेछौ हामीलाई कहाँ बिर्सन्छु
झुकेको यो शिर कसरी उठाऊँ
छाडेर तिमीले गइ त हाल्यौ
छोरी तिमी बिना कसरी रमाउँ
गजल २
नचलाउ जलेर खरानी होला
दक्षप्रजापतीको कहानी होला
कुनैबेला गलत कार्य गरेकै थ्यौ
कहिं न कहीँ त निशानी होला
मात्तेर उफ्रेर नहिँड्नु महोदय
मैले यसो भन्दा रिसानी होला
पर्दाफास हुने नै छ एकदिन
साराको नजरमा बैमानी होला
जवानी छ भन्दैमा नचम्किनुस
ए हजुर सबैसँग जवानी होला
वर्तमान होईन भविष्य सोच्नुस्
जिन्दगी धमिलो पानी होला
***
प्रतिक्रिया
-
४