– विद्या निर्दाेष पहाडी

गजल १,
छन त मेहेन्दी लगाउने बेला छ
एउटी अवलाकाे हातभरी ठेला छ

बिर्सी सकें भनेर झुट बोल्छाै
ओभानाे हुन नसकेकाे परेला छ

शासकलाई काउकुती लाउनु पर्थ्याे
बुढी औँला काटिएकाे हत्केला छ

खुन खाएर अझै काे अघाएकाे छैन ?
यहाँ अस्पतालहरूमा लासकाे मेला छ

रुख चढ्ने अभ्यास गराउँदैछन् गुरु
फेद काट्नलाई तमतयार चेला छ ।

गजल २,
रोजगार सम्म हुन पाए, बेरोजगार सम्झिन्छ
खाजा खान बस्दा रोजगार, परिवार सम्झिन्छ

छोरीको हातमा दुधको चौँठो थमाउदै किसान
जङ्गलको बाटो हुँदै पुग्नु पर्ने बजार सम्झिन्छ

श्रमजिवीको हक शीर्षकको समाचार लेखेको
साँझ थालको चिसो ढिडो मिच्दा, पत्रकार सम्झिन्छ

जसलाइ दिलमा स्थायी नियुक्ति गरेको वर्षौ भयो
उसैको दिलले अझै मलाई करार सम्झिन्छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर