-रमेश सायन

माथि पहाडको टुप्पातिर फर्केर
मुस्कुराइरहेको
तस्बिरको मान्छे
के सोचि/सम्झिरहेकाे छ ?

सम्झिरहेको छ कि !
जुँगाको रेखि बस्नु अघि
ऐनामा टासिएको ओठ
वा भिरबाट लडि गएको भकुन्डो जस्तो
छुटिगएको बालापन
अथावा
त्यो ….. सुदुर हिउँद !
जहाँ उसको दुनिया बरफ भएर जमेको बेला
उसकी आमा
छातिमा आगो बालेर बरफ पगाल्थि !

तस्विरको आँखा
साह्रा रंगमा पौडिरहेको छ
ओठमा
पहिलो झुल्को घाम परेको छ
आकासमा टाँगिनु पर्ने इन्द्रेणी
निधारमा झरेको छ ।

सम्झिरहेको छ कि !
पहिलो पल्ट प्रेममा डुबेको साँझ
जसले उसलाइ
रंगिन बनाएको थियो

तस्विरको हात
तस्विरमै टासिएको पाहाड उचालिरहेको छ
सोचिरहेको छ कि !
कर्मको इश्वरले कुनै महाजनको अघि
उदारो नुन माग्न नपुर्याहोस्

तस्विरको खुट्टा
हतार हतार दगुरिरहेको छ
सोचि रहेको छ कि !
घडिको सेकेन्ड सुइलाइ समेत जित्ने धाबक हुनु छ

अरु पनि धेरै थोक सोचि ÷सम्झिरहेको हुनुपर्छ !
जस्तो
यो तस्विरसम्म आइपुग्दा काटेका सजिला÷अप्ठ्यारा बाटाहरु
तरेका थुप्रै जंगार
हिंडेका अक्करे भिर
जहाँ उसको जीवन थामेर पैतला उभिएको थियो
आदी इत्यादी

उ के सोचि रहेको छ ?
सबै ठिक ठाक त भन्न सक्दिनँ !
तर यति चाहि भन्न सक्छु
उ सधै मुस्कुराइ रहन्थ्यो
फूलका पुतलीहरू
उसको अनुहारको उज्यालो चोरेर उड्थे
प्रत्येक पुर्णिमामा जुन घर आइपुग्थ्यो
र उसकै सिरानेमा वास माग्थ्यो

अनि
यो पनि भन्न सक्छु

तस्विरमा उभिएको मान्छे
मेरो भाग्यमानि बाबु हुन्
म चाहिँ
तीनै बाबुको हातबाट छुटेर
भागिरहेको धाबक हुँ !

***

प्रतिक्रिया

सम्बन्धित खवर