-निमा डिसी


पाइलै पिच्छे धन चाहिने धन सबथोक रहेछ
जति खाएपनि नअघाउने कस्तो भोक रहेछ
म एकनास हेरिरहेको छु सुखदुःखको लडाइँ
दु:ख जित्न नसक्ने भाग्य पनि डरपोक रहेछ!!


कहिलेकाहीँ उमेर पनि घटाएर गन्न मन लाग्छ
सबको सामु तिमीलाई आफ्नो भन्न मन लाग्छ
हात समाएर तिम्रो सधैँ संसारको सयर गर्दै
तिम्रो दिलको परिधिभित्र कैदी बन्न मन लाग्छ!!

३,
उतारचढाव हो जीवन बराबर हुँदैन
चल्दाचल्दै ढल्न सक्छ भर हुँदैन
साउनको बग्ने भेल नभएमा तिमी
मलाई खडेरीमा बगर हुने डर हुँदैन!

४,
सिनेमा हिरोको अनुहार राखेर
सानो सोच साँघुरो विचार राखेर
यो जिन्दगीमा खेल्न खोज्यो कोही
आफ्नो ठुलो पदको आधार राखेर!!

५,
तिमी बिना मन लाग्दैन आजभोलि यो सहरमा
बचाउँदै छु एक मुठ्ठी सास भेट्छु भन्ने रहरमा
महशुसले बाँचेको छु मनमा सजाई,तिम्रो तस्वीर
नचाहेर फुलाउँछु खुसी आँसुकाे ठुलो नहरमा!!

  1. ***

प्रतिक्रिया

सम्बन्धित खवर