– चाचु ढुङ्गाना
कैलाश डाँडामा
तीन जना
किशोर सखाहरू
खोतली रहेका थिए
फोहोरको थुप्रो
औँलाहरूले खोस्रिदै गर्दा
यत्तिकै
चर्केको सिसाको निम्ति
एक आपसमा भयो,
खोसा खोस
ताना तान
हाना हान
अनि ?
रक्ताम्मै भएर
कट्टी गरेर
भए, तितर बितर
त्यसपछि
असरल्ल छरपस्ट
यत्र तत्र अनेत्र
‘एक्स रे, प्रेस्क्रिपसन’
ओखतीको खोलहरू
धमिलो खास्टो
किर्मीर तस्बिर
तीन मध्येको एक,
जिन्दगीको यात्रामा पढाईको ढोका
र भविष्यको उज्यालो
गर्दै गर्दा
रल्लिएर बरालिने
बेफीक्री भएर
बिछोडको वियोगमा
यादको पोको
खोल्दा खोल्दै बार बार
हार्यो जिन्दगीसँग र उड्यो धुँवा भएर
बाँकी ती दुई
एक अर्काप्रतिको
उन्नति प्रगतिदेखि आरिस
सफलताको अहम
चल्यो शीतयुद्ध
म सम्झन्छु यता
बरु
बच्चा बेलाको
कट्टी नै थियो मज्जा
क्षणमै कट्टी गर्यो
एक छिनमै
बोली हाल्यो
***
प्रतिक्रिया
-
४