मिक्लाजुङ साहित्य समाज का उपाध्यक्ष गगन याेक्पाङदेन नेपाली साहित्यमा एक महत्वपुर्ण नाम हो जरुवा साहित्यिक चाैमासिकपत्रिकाको सम्पादक समेत रहेका याेक्पाङदेन राष्ट्रिय कविता महाेत्सव २०७९ धरान, बाट पुरस्कृत छन्

याेक्पाङदेनको केवाफुङको गीत कविता सङ्ग्रह भर्खरै प्रकाशनमा आएको ।यसै सङ्ग्रहको सेरोफेरोमा रहेर सम्पादक जीवनखत्रीले  कवि याेक्पाङदेनसँग सोधेका पाँच प्रश्न जवाफ:

१, ‘केवाफुङको गीत’ कविता सङ्ग्रहका लागि यहाँलाई शुभकामना । यो सङ्ग्रहको बारेमा छोटकरीमा परिचय गराईदिनुहोसन्, जुन पढेर पाठकलाई यस पुस्तक छनोटका लागि आफ्नो धारणा बनाउन सकुन ।

– सर्वप्रथम त शुभेच्छाकाे लागि धन्यवाद ।  ” केवाफुङ्काे गीत ” कविता सङ्ग्रह मेरो जीवनकै पहिलो साहित्यिक कृति हाे । मेरो डेढ दशकको सिर्जनात्मक यात्रामा मैले गरेका अनुभुति र भाेगाइलाई कवितामा उतार्ने  प्रयत्न गरेको छु । मैले कवितामा कला र विचारको सन्तुलन कायम गर्ने प्रयत्न गरेको छु । मेरा कविताहरुमा कृतिमता भन्दा पनि स्वाभाविक र इमानदार अभिव्यक्ति छन । बिबिध बिषय , परिबेश र सन्दर्भ माथि लेखिएका तीन दर्जन भन्दा बढि कविताहरु यस कृतिमा सङ्ग्रहित छन । यसलाई माया पब्लिकेसनले प्रकाशन गरेको हाे ।

२, नेपाली रियालिटी शो पोयट आईडलको पहिलो सिजनमा यहाँको सहभागिता थियो । धेरै राउण्डहरू पार गर्दै फाईनमा पुग्नु अघि बाहिरिनु भयो । त्यो कार्यक्रमले व्यक्तिगत रुपमा तपाईँलाई के दियो? के गुमाउनु पर्यो ?

– खासमा त्यस कार्यक्रममा सहभागी हुने नहुने बिषयमा अन्याेलतामा थिए । साहित्यिक जमातमा पनि यस कार्यक्रमलाई लिएर फरक मतहरु थिए । अन्ततः फराकिलो परिचय निर्माण गर्न सकिन्छ कि ! भन्ने कुराकाे लाेभले सहयोगीता जनाए । यस कार्यक्रममा जुन उदेश्य लिएर सहभागीता जनाएको थिए । केही हद सम्म उदेश्य पुर्ति भयो भन्ने पनि लाग्छ । कार्यक्रममा अघि बढ्नु वा बाहिरीनु भन्ने पक्ष नितान्त प्रक्रियाका कुरा हुन । त्यस प्रक्रिया अनुरुप म फाइनलमा पुग्नु अघि नै बाहिरीए यसलाई मैले स्वाभाविक रुपमा ग्रहण गरे ।

याे कार्यक्रममा सहभागी भएर मलाई ब्यक्तिगत रुपमा कुनै पनि प्रकारकाे नाेक्सान भएको छैन । बरु आफ्नाे परिचयकाे दायरालाइ फराकिलो बनाउदै कविकाे रुपमा आफ्नो पहिचान निर्माण गर्न मदत पुगेको छ भन्ने लाग्छ ।

३, पुँजीवादी बजारले साहित्यलाई समेत छोडेन भन्नेहरू एकातिर छन्, अर्कोतिर कविहरू पनि व्यावसायिक हुनुपर्छ भन्नेहरू छन् । पैसा तिरी तिरी भोट गराएर आयोजक संस्था र स्रष्टालाई त व्यावसायिक हुन सहयोग गर्ला तर सर्जकको रचना क्षमतामा तेस्ता भोटहरूले कस्तो फरक पार्ला? तपाईँको यो किताबमा रचित कविताहरूमा पोयट आईडलको सहभागिताले फरक पारेको केही कुरा छ?

–  यस्ता कार्यक्रमहरु ब्यबसायिक उदेश्यका निमित्त नै सन्चालन गरिएका हुन्छन् । यस्ता कार्यक्रमहरुकाे पनि आफ्नै प्रकारको सिमा र चाैताैतिहरु छन ।  हामीले केही सकारात्मक दृष्टिकोणले पनि मुल्यांकन गर्नु पर्छ ।कैयौं गुणहरुलाइ पन्छाएर अबगुणहरुकाे मात्रै चर्चा गर्नु  पनि न्याय सङ्गत नहाेला । यस्ता कार्यक्रमहरुले अवसर र सम्भावनाकाे सिर्जना पनि गरि रहेको हुन्छन । निश्चित घेरा र बाैदिक समुदायमा मात्रै सिमित रहेको साहित्यलाई आम जनसमुदायमा सम्प्रेषण गर्न यस कार्यक्रमले महत्त्वपूर्ण काम गरेको छ । याे आफैमा पर्याप्त नहाेला तर साहित्यलाई प्रत्यक्ष रुपमा समाज सम्म जाेड्ने याे महत्त्व पहल हाे ।

एउटा स्रष्टालाई सिर्जना कर्मबाटै आत्मानिर्भर हुने वातावरण निर्माण हुन सक्छ भने नराम्रो नै के छ र ? मत हरेक स्रष्टाहरुलाई सिर्जना गरेर बाच्न सक्ने परिस्थिति तयार हुनु पर्छ भन्ने पक्षमा छु ।
पक्कै पनि भाेट द्वारा प्रतिभाको सहि मुल्यांकन नहुनसक्छ । तर समय सङ्ग त्यो तागत पनि छ । जाे असक्षम छन त्यसलाई अध्यारोमा पुरिदिन सक्छ । जाे प्रतिभा सम्मपन्न छ उ अध्यारोमै भए पनि चम्कन सक्छ ।

म पाेइट आइडलमा जानू अघि पनि कविता लेख्थे । त्यहा पुगेर फर्के पछि पनि कविता नै लेखी रहेको छु । त्यस कार्यक्रममा गएर मेरो कविता लेखनमा खास फरक परेको अनुभुति मैले गरेकाे छुइन । एक दुईवटा कविता थपिए हाेलान त्यस बाहेक  त्यो कार्यक्रमकाे असर यस कृतिमा परेको छ भन्ने मलाई लाग्दैन ।

४, कविता बिक्री हुने हैन् सुन्ने विधा हो भनेको सुनिन्छ । बजारमा पनि बिक्रीका हिसाबले कविता कृति खासै सुखद देखिन्नन् । यस्तैमा यहाँको कविता किताव बिमोचनको तयारीमा छ । के भन्नुहुन्छ?

– कवितालाई बजारको दृष्टिकोणले मात्रै मुल्यांकन गरिनु पर्छ भन्ने लाग्दैन । कला वा कविताको आफैमा बिशिस्ट मूल्य हुन्छ ।  याे हाम्रो जीवन , सपना र समाजका आयम सङ्ग अन्तर्निहित हुन्छ । अब यी कुराहरुलाइ पैसा सङ्ग कसरी रुपान्तरण गरेर हेर्नू ? । बिक्रीलाई हेर्ने हाे भने त औंषधी भन्दा धेरै अलकाेहल बिक्ला नि !….
त्यसकारण हरेक बस्तु वा कलाकाे महत्त्व त्यसकाे बिक्री सङ्ग मात्रै सम्बन्धित हुदैन ।

मलाई कलाकाे मुल्य वा महत्वकाे बारे चर्चा हुदा सधैं बिट्राभन (?) काे ” शहरले नछाेएकाे वनफुल ” कथाको ख्याल आउँछ । त्यहा उनलेे एक कलाकार र व्यापारीकाे माध्यम द्वारा कलाकाे महत्त्व बारे असाध्यै प्रभावकारी ढंगले दर्शाएका छन ।

५, कविता के रहेछ? कविता र गगन योक्पाङ्देनको सम्बन्ध के हो? केवाफुङको गीत नामक कृति पाठकले नपढे के छुटाउला ?

– यति महान र हार्दिक विधालाइ परिभाषीत गर्ने ल्याकत म राख्दिन । तथापि कविता मेरालागि ध्यान ,साधना , आदर्श , विचार, कर्म , अभिब्यक्ति लगायत धेरै थाेक हाे ।

मानिस , मानिसको स्वारुपमा जन्म लिएर मात्रै मानिस हुदैन । काेहि जुनिभरी बाचेर पनि मानिस हुन सक्दैन । मानिस बन्ने आफनै प्रक्रिया हुन्छ । यहि मानिस बन्ने प्रक्रियाकाे लागि पनि म कविता लेख्छु ।

मानिसको जीवनबाट धेरै महत्त्वपूर्ण कुराहरु छुटि रहेका हुन्छन् । जस्तो कि, कसैकाे साथ, सपना , सुन्दर दृश्य आदि इत्यादी ।
अब केवाफुड्काे गीत नपढ्दा खै केनै पाे छुट्ला र ? । तर तिब्र अनुभुति द्वारा लेखिएका असल कविताहरुकाे रसस्वादन गर्न छुट्ला कि !

***

प्रतिक्रिया

सम्बन्धित खवर