– राज विसर्जन
गजल १
चुनौती दिएर मृत्युलाई समेत
जितेर आएको हुँ शत्रुलाई समेत
नशा-नशा रगत रगतमा बगेकी छौ
यो कुरा थाहा छ मेरो माशुलाई समेत
छाती खोली हिंडेका छन् हत्याराहरु
कानुनमा सजाय हुन्थ्यो बाबुलाई समेत !
ठुलो सपना सँगै प्रवास पसेको थिएँ
बन्धकी राखेर घरमा सानुलाई समेत ¡
विसर्जनले गजल लेख्न थालेको थियोे
बिर्सेर स्वयम आफुले आफुलाई समेत
गजल २
न कुनै ज्ञान चल्यो न विचार चल्यो
रण भूमिमा केवल हतियार चल्यो
दार्जीलिङ सिक्किम बेचिएपछि
बल्ल यता देशको सरकार चल्यो
के दिएका थे गुरुहरुले ज्ञान् पनि
क्याम्पस प्राङ्गणमा तरबार चल्यो
मैले छोएको पानी चलेन हजुरलाई
मेरो शरीर चल्यो मेरो प्यार चल्यो
***
प्रतिक्रिया
-
४