-सृष्टि ऐरी

१,
रंग सबै लुटी लग्यौ सादा बनायौ
बाँच्न पनि घुटन हुने बाधा बनायौ
यादमा मात्र सिमित हुने प्रेम केका लागि
रुक्मणीको सपना देखाई राधा बनायौ

२,
तिमी र म  एउटा नयाँ बिहानी बन्नु पर्छ
इतिहसको  सुन्दर पाना कहानी बन्नु पर्छ
दुनियाँले याद राख्ने हाम्रो प्रेमील जोडी
ती सबैको प्यारो हुने निशानी बन्नु पर्छ।

३,
मलाई उसको सफल कहानी  बनाउछु भन्छ।
गोधुली साझ  मिर्मिरे बिहानी बनाउछु भन्छ।
खै किन  हो मेरो मन यस्तै  यस्तै सोच्छ
पहिला महारानी पछि खरानी  बनाउछु भन्छ।

४,
धेरै रहर पुरा भएन मन दुःखेको छ
दिन पाइन् सुख चएन मन दुःखेको छ
बा बिनाको दिनहरु भारीभारी लाग्छ
रसाई रहन्छ यो नयन मन दुःखेको छ

५,
थाहा छैन  चञ्चल  मन  कहाँ गयो ?
चाहात सँगै मिठो बालापन  कहाँ गयो ?
सानो चोटमा आमा भन्दै  चिच्याउदै रुन्थे
आफैलाई गर्ने आज जतन कहाँ  गयो ?

प्रतिक्रिया

सम्बन्धित खवर