– विष्णु सन्यास

ओ भान्जी
आईपुग्नेछु म एक दिन
फाँटहरूले वनेको त्यो हजुरको गाउँ
हिंडेर यो भीरै-भीरको बाटो

आउदा लिई आउनेछु
पखेटामा ईन्द्रणी वोकेर उडिहिंड्ने
पुतलिहरूको एक पंत्ती गीत
र साथमा हजुरलाईनै भनी
लिई आउनेछु
बाटोको सिरानीमा मुस्कान वेचिवस्ने
भीरफूलको एक थुँगा आलो अनुहार

हजुरकै नॉउं भाकेर वुजु-वराहसंग
चदाई छोडौंला घुम्तीनेरको देउरालीमा
एक धर्को प्रेमको रातो धजा

म आउने दिन
वोलाउनु हजुरको घर अगिल्तिरका
साना-साना भान्जीहरूलाई पनि
उनिहरूकै लागी भनि लिईआउनेछु
भीरखर्कको छातिमा गोठालो वस्ने भाईले
वजाईरहेको बॉसुरी धुन
र वोलाउनु
माथिल्लो डेराको झॉक्रि वालाई
लिईआउनेछु उहॉको लागी पनी
यो पॉच नम्वर् पर्देशमा वनेको नयॉ सिगरेट

भान्जी
हजुरलाई थाहा छ
त्यो भीरै-भीरको बाटो मुन्तिरको सिमलको हॉगामा
वर्षौ पहिलेदेखी झुन्डिरहेको एउटा रातो चुन्नी छ
जुन चुन्नीमा छ कुनै अनाम युवतीको आत्महत्याको कथा

त्यो कथा पनि लेखीछोडौंला यसपाली
हजुरको त्यो नीलो डायरीमा

भान्जी
म आइपुगेको अर्को दिन निस्किजॉउला
भीर समाएर माथी-माथी उभिएका
लेकका ति थुम्काहरू टेक्न
जहॉ वतासले हल्लाइरहेको गुरॉसको हॉगोमा वसेका
चराहरूले सुनाउनेछन् हामिलाई अनौठो लयमा
प्रेमको कुनै आधुनिक गीत

सॉझमा घाम दुव्दै गर्दा झर्रौंला गॉउ
पच्शिमी पहाडहरूको गोधुली निधार छाम्दै-छाम्दै

भान्जी
फर्किनेछु म अर्को दिन
त्यो भीरै भीरको वाटो हुंदै फेरी आफ्नै गाउँ

तर फर्किनु भन्दा पहिले
हजुरलाई उपहार दिइछोड्नेछु
मेरो रातो सर्टको वायॉ खल्तिमा वोकिल्याएको रातो गुलाफ,।

***

प्रतिक्रिया

सम्बन्धित खवर