– सुदन लुइटेल
१
मसानघाटमा भड्केका पिशाचहरु फेरि बर्बराउन खोज्दैछन
दाशहरुका मालिक बन्न मालिकहरुले द्वन्द चर्काउन खोज्दैछन
स्वार्थको लागि रङ्ग बदलिरहने छेपारे पाराका जन्तुहरुले
सोझालाइ रामराज्य भन्दै ढुङ्गे युगमा फर्काउन खोज्दैछन
गद्दि पायेर पनि सम्हाल्न नसक्ने त्यो भुतलाइ देखायेर
अन्त्य गर्नेले नै सुरुवात गर्छ भन्दै थर्काउन खोज्दैछन
रिणै रिणको चिसो पानीमा निध्रुक्कै भिजेकोले
आगो सल्कायेर भयेपनि सकेजति तर्काउन खोज्दैछन
धमिलो पानीमा माछा मार्न दुस्साहस गर्ने भुतहरुले
गलत बाटोमा हिडायेर सोझाका हातखुट्टा मर्काउन खोज्दैछन
२
थाक्न पाइन्छ यात्रामा भाग्न पाइदैन
जाग्न पाइन्छ अन्तै लाग्न पाइदैन
पाइलाहरु अनवरत अगाडि बढ्नै पर्छ
गन्तब्यमा नपुगुन्जेल बास माग्न पाइदैन
सुन्दर प्राकृतिक नदिनाला झरना खोला
हेर्न पाइन्छ साथमा राख्न पाइदैन
गाउघर छोडेर शहर बजार जादा
झरनाको मिठो पानी चाख्न पाइदैन
बम्श सिध्यायेर अङ्श खोज्नेहरु बुझ
भारदारि पाराले देश हाक्न पाइदैन
***
प्रतिक्रिया
-
४
