युवा कवि मिथोच फिदिम पाँचथरमा जन्मेका हुन् । ‘परदेशी बिम्बहरू’ संयुक्त कविता संङ्ग्रह, ‘खैयामलाई प्रश्न’ सयुक्त रूबाई संङ्ग्रह, नेपाली ताङ्का सिद्धान्त र सिर्जना’ संयुक्त ताङ्का संङ्ग्रह (सम्पादक चेतनाथ धमला) लगायत उनका कृतिहरू हुन् । उनका बिभिन्न पत्र पत्रिका र अनलाईनमा फुटकर कविता,कथा र गीत/गजलहरू पनि प्रकाशित छन् ।

पछिल्लो समय उनको कविता कृति आगोको पिदार बजारमा आउनै लागेको छ । यही कृतिमाथि रहेर कवि मिथोचसँग सम्पादक जीवन खत्रीले गर्नुभएको पाँच प्रश्न ।

१, आगोको पिदार कस्तो खालको किताब हो ? यो नामले के अर्थ दिन्छ? कसरी जुराउनु भयो?

:- ‘आगोको पिदार’को अर्थ धेरैले सोधि रहेका पनि छन् यो सुनुवार कोइँच भाषा हो पिदारको अर्थ पूजा,आरधना भनेर बुझिन्छ सुनुवार कोइँच समुदयामा पिदारको धेरै महत्त्व छ कुनै पनि शुभ कार्य थालनी गर्न अघि सबैभन्दा पहिले पिदार गरिन्छ पिदार बिना सुनुवार कोइँचको रीति रिवाज मुक्दुमी कार्य नै अपुर्ण हुन्छ । सुनुवार कोइँच जातिमा आगो पुज्ने चुप्लु ‘अगेना’को पुजा गर्ने मौलिक चलन छ यसरी आगो पुज्ने अर्थात चुला पूजा गर्ने विधिलाई नै ‘आगोको पिदार’ भनिन्छ।यो किताब नयाँ फरक अलि भिन्न र केही सुनुवार कोइँच समुदायको पहिचान मुद्दा र बिषयमा लेखिएको नयाँ स्वाद सहितको कविता सङ्ग्रह हो
कृतिभित्र समावेश गरिएको ‘आगोको पिदार’ शिर्ष कविताबाटै किताबको नाम न्वारान गर्न सजिलो भयो ।

२, कस्ता कस्ता कविताहरू समावेश छन् यो कृतिमा?

:- आगोको पिदार यो मेरो पहिलो कविता सङ्ग्रह हो यस सङ्ग्रहभित्र जम्मा ४१ वटा लामा छोटा कविताहरू समावेश छन् ती जम्मै कविताहरू फरक/फरक बिषयमा लेखिएका छन् बाँकी कुरा यहाँहरूले किताब पढे पछि नै थाहा पाउनु हुनेछ ।

३, आगोको पिदारमा समावेश भएका कविताहरू लेखनका लागि यहाँले टिप्नु भएको बिषयहरू मध्येबाट केही प्रसङ्ग सम्झिन मिल्छ कि ?

:- लेखनको सुरूवात गीत गजलबाट गरेँ एउटा गीत गायिका मान्डवी त्रिपाटीको आवाजमा रेकर्ड भएको छ गायकको नाम यहाँ भन्न चाहिन पहिलो पटक त्यो गीतको पाँचसय परिश्रमिक पाएँको थिएँ अन्तत गीत रेकर्ड भयो बिडम्बना गीतकारमा मेरो नाम थिएन गायकको नाममा थियो यसरी आफ्नो गीत अरूकै नाममा हुदाँ मन खिन्न हुदो रहेछ।
त्यस पछि मैले गीत लेख्न छोडि दिए यो मेरो कमजोरी पनि हो कविता लेखनतिर मोडिए तथापि कविता लेख्न त्यति मञ्जा र सजिलो थिएन,छैन त्यतिकै जटिलता छ धेरै गहन अध्यन अनुभव विचार र कला चाहिन्छ यस सङ्ग्रहभित्र मैले जिवन दर्शन समाजका कुरासँगै राजनीतिक असर युद्ध अशान्ति भोक शोक अभाव शोषण र प्रेमका कविता मात्र लेखेको छैन सुनुवार कोइँच किरात समुदायको पहिचान अस्तित्व र सास्कृतिक चेतका कविताहरू यस सङ्ग्रहमा समेट्ने काम गरेको छु ।

४, नेपाली समाज विविधतायुक्त छ तर सबैको समान अवस्था छैन्, यसमा धेरै कुरा होलान्, तपाईंले यो किताबमा ती बिषयहरूलाई कसरी उठाउनु भएको छ । भन्न मिल्छ?

:- नेपाली समाज विविधतायुक्त भएता पनि समानता र समावेशीताको हिसाबले सबैको समान अवस्था अझै भएको छैन यसको मुख्य जड कारण एकल नश्ल राज्यसत्ता नै हो अझ सुनुवार कोइँच जातिलाई यहाँको बिभेदकारी राज्यको व्यवस्थाले सबै भन्दा बढी पिँधमा पारिएको अवस्था हो । यसरी राज्यले पिधमा पारिएको जबरजस्त दबाईएको कोइँच आवाजलाई कविताको माध्यमबाट समानता समावेशी अस्तित्व र पहिचानको दाबी सहित हाम्रो आवाज सुन्न नचहाने सरकारलाई यसरी कविता सुनाउने आँट गरेको छु ।
छातीको
दाहिने पाटोमा
अस्तित्वको प्लेकास टाँसेर
थोलेदेम्बा जस्तै
उभिएको छु ।

५, आजका पाठकहरूसँग किताबको विकल्पमा धेरै कुराहरू छन् । ती विकल्पबाट किताबनै पढ्नु पर्ने कारण के हुन सक्ला ? अझ आगोको पिदार पाठकले किन पढ्नु पर्ला ?

:- अहिलेको युग डिजिटल युग हो आजको पाठकरूसँग किताबको विकल्पमा धेरै कुराहरू मध्य एउटा मुख्य पाटो इन्टरनेट हो प्रविधिको विकाससँगै अहिलेका पाठकहरूमा रूचि चहानाका क्रियाकलापहरू बदलिदै गएका छन् किताब किन्न र पढ्नको लागि पुस्तक पसल, पुस्ताकाय जाने झन्झटबाट मुक्त हुदै आएका छन् अहिले त इ-बुक अडियो बुक पिडि एफ फाईल सजिलै पढ्न र सुन्न सक्ने प्रविधिको सुविधासँगै किताब पठन गर्ने संस्कृतिमा अलि कमी आएको हुन् सक्छ र अर्को पक्ष सामाजिक सञ्जाल फेसबुक, टिकटकमा रमाई रहेकका युवा पुस्तामा बिस्तारै किताब पढ्ने बानी हराउदै गईरहेको पनि छ ।यसरी बिस्तारै किताब पठन संस्कृति हराउदै गयो भने भोलि किताबको अस्तित्व र बजारमा यसले ठूलो असर पार्न सक्छ ।किताब र पुस्तक पसल ,पुस्ताकालयहरू सबै जिडिटलमय बन्छ
तर फेरि पढ्नुको मञ्जा त किताबमै छ,हुन्छ। किताब पढ्ने बानीले हामीभित्र बौद्धिक क्षमताको विकाश बृद्धि हुन्छ । यस्ता बोद्धिक ज्ञानका फाइदा हामीले किताब पढेर मात्र प्राप्त गर्न सकिन्छ । त्यसैले बौद्धिकता निर्णाण गर्न र दिमाग स्वास्थ र सन्तुलन राख्नको लागि पनि केही राम्रा किताबहरू पढ्न आवश्यक छ ।
अब कुरा रह्यो के त भन्दा आगोको पिदार पाठकले किन पढ्नु पर्ला ?
नेपाली कविताहरूको विविध रङ्ग र स्वादहरू छन् ती केही बिषय र मुद्दामा सम्भवत आज सम्म नलेखिएका कतै पनि नपढिएका सुनुवार कोइँच पहिचानको साहित्य नयाँ भाषा बान्की र स्वादमा लेखिएका कविताहरू भएको कारणले पनि यो किताब पढ्नको लागि आग्रह गर्दछु ।
***

प्रतिक्रिया

सम्बन्धित खवर