✍️ वियोगी बुढाथ‍ोकी

 

मुक्तक – एक

मानिस मार्ने हतियार भन किन बोक्छौ हातमा
नेपाली सबै एकै हुन् के फरक देख्यौ र जातमा
तिम्रा गिद्धे दृष्टिलाई विन्ती अलि टाढै राख्नु
त्यो उच्छृंखल रुपले निद्रा हरायो चोखो रातमा ।

मुक्तक – दुई

पहलमान छौ मलाइ जुनसुकै हतियारले हानेर मार
एक दिन मर्नै पर्छ थाहा छ तर थलिथिलो न पार
उज्यालो आइसकेथ्यो मेरो सुन्दर देशको मुहारमा
मलाई देख्न सकेनौँ ठीकै छ तर सोचाइ तल न झार ।

मुक्तक – तीन

ठान्नेले जे सुकै ठानून म तिम्रो काखमै हुन्छु
एक दोस्रोको मर्का बुझ्न हरदम साथमै हुन्छु
पराईं नजरको प्रकोप कहिल्यै नपरोस विन्ती
कसम सुख्खा हुन दिन्न म शित पातमै हुन्छु ।

मुक्तक – चार

सहरमा आजकल अचाक्ली नक्कली चुरा बिक्छ
अदृश्य रूपमा प्रहार गर्ने ब्यक्ति कै छुरा बिक्छ
भाषणसस्तो बजारभाउ महङ्गोमा तैँ चुप मैँ चुप किन
आश्चर्य त यहाँ सरकारको काम होइन कुरा बिक्छ !

मुक्तक – पाँच

धर्मर धर्मर गर्दै लड्दै थिएँ उठ्न बलिष्ट हात दियौ
लक्ष्यहीन भावसँग खेल्दै साहित्यरकारको जात दियौ
सिर्जनाको ड्याङ पार्न कलम र कापी थम्यायौ
लाग्छ प्रेरणा स्वरूप सिर्जनारत रहने मात दियौ !

प्रतिक्रिया

सम्बन्धित खवर