✍️ मन्दिप बाँस्कोटा

 

श्रीमान अभिभावक, शिक्षक र प्राध्यापकज्युहरू,
महोदय ,
उपरोक्त सम्बन्धमा, आज हामीहरूबाटै सामाजिक रूपान्तरण र शैक्षिक बहसका कुराहरू उठिरहेको बेला,
आजका दिनसम्म हामीले हाम्रा विद्यार्थीहरूलाई जस्तो जस्तो विद्यार्थी, युवा र नागरिक बनाउने सपना सजाएर विद्यालय पठाएका अनि पढाएका छौँ÷थियौ आज हाम्रा विद्यार्थीहरू तिनै युवा र नागरिकको रूपमा स्थापित हुन सकेका छन् कि छैनन् ?
यसको गर्भिलो जवाफ हामीमा छैन भने, “कहि न कहि, कतै न कतै काँचा माटाहरूलाई आकार दिने हाम्रा हातहरूले केही बिर्सिएका त छैनन् ?
उनीहरूमा सपना, मानसिकता, लक्ष्य, दृष्टिकोण र विश्वास रोपिन, फल्न, फुल्न र हुर्कनको निम्ति तिर्खाइरहेका ती लाखौँ लाख मन र मस्तिष्कलाई कतै हाम्रा स्वरहरूले सिञ्चित गर्न पो सकिरहेका छैनन् कि ?
उनीहरूका भविष्यको रूप रेख निर्धारण गर्दिनँ वाइट बोर्डमा खिचिएका हाम्रा अक्षरहरूभित्र कतै अपुर्णता या सिमितता त छैन ?
म एक युवा अनि विद्यार्थी, यस चिठ्ठीभित्र (म बाट उब्जिएर मैसँग ठोक्किएर फर्किएका यस्तै यस्तै केही प्रश्न, जिज्ञासा र अनि त्यसैका केही प्रतिउत्तरका अंशहरू समेटिन प्रयास गरेका छन् ।
तपाई भित्रको कुनै एक कुनामा पनि यस्तै प्रश्न र जिज्ञासा गुजगुजाउदै छन् भने या यी प्रश्नहरूले केही असन्तुष्टि पैदा गर्दै छन् भने, आउनुहोस् यहाँबाट अगाडिका प्रश्नहरूलाई एकैसाथ पढौँ अनि एकैसाथ उत्तर खोजौँ आज ।
डियर अभिभावक, शिक्षक र प्राध्यापकज्युहरू,
हाम्रा विद्यार्थी र सन्तानहरूको झोलाभित्रको नम्बर र मार्कसिटसँगसँगै,उनीहरूको सिकाइ को लय कति गहिरो छ ?
भोगाइको अनुभूति कति रङ्गिन छ ?
विद्यार्थीमा संस्कारको जग कतिको गहिरो छ ?
अनुशासनको पर्खाल कतिको मजबुत छ ?
धैर्यता लम्बाई कतिको छ ?
चेतना र जागरुक उचाई कतिको छ ?
परिपक्वता र समाझदारी को गहिराई कस्तो छ ?
जिन्दगीको यात्रा र गन्तव्य कस्तो छ ?
लक्ष्य र उदेश्य कस्तो छ ?
अझ त्यो भन्दा पनि टाढाको कुरा लक्ष्य उद्देश्य र यात्रा पछाडीको उनीहरूको नियत र उद्देश्य कस्तो छ ?
आश हौसला सपना उत्साह उमङ्ग विश्वास मानसिक सोच र विचारचाहिँ कस्तो छ त ?
उनीहरूको भविष्य परिवार समाज देशप्रतिको नजर कस्तो छ उर्जा कस्तो छ ?
स्कुल कलेज सकेर निस्कदै गर्दा
उसले सर्टिफिकेट सँगसँगै के लिएर निस्किरहेको छ ?
स्कुलमा विताएका दिनहरूले नै बाकी उसको भविस्य तय गर्ने भएकाले स्कुलमा १०÷१५ बर्ष कति घोकेको छ भन्दा पनि विश्वास, मनस्थिति, रूपरेखा र लक्ष्य कस्तो स्थापित भएको छ ?
उच्च शिक्षा हासिल गर्दैगर्दा उसको दृष्टिकोण विचार भिजन मानसिकता कत्तिको सिर्जनशिल उर्वरशिल बन्यो ?
यतिन्जेलसम्म परीक्षामा, नतिजामा उत्कृष्टता हासिल गरिरहेका पास भइरहेका विद्यार्थीहरू केही समय पछि फर्किएर हेर्दा परीक्षामा मात्रै पास भएछाँै जिन्दगीका धेरै आयामहरूमा फेल भएछौँ’ भन्ने निष्कर्ष म्याक्सिमम तिनै विद्यार्थीहरूबाट निस्किएर किन सामुन्ने आइरहेका छन् ?

हामीमा हाम्रो अघिल्लो पुस्ताको जस्तो देश, माटो, सभ्यता, संस्कृति, मौलिकता, समस्या, चुनौती, अभाव, सफलता, विचार, चेतना जागरुकता, नैतिकता, आदर्श, इमान्दारीता, सद्भाव, भ्रातृत्व, प्रेम, एकता जिम्मेवारी र उत्तरदायित्वलाई अङ्गाल्न सक्ने त्यो मजबुद काँध यो हाम्रो युवा पुस्तामा किन तयार हुन सकिरहेको छैन ?
के यी प्रश्नहरू नानीहरू लाई स्कुल बस चढाउदै गर्दा विद्यालयको गेटभित्र पाइला राख्दै गर्दा किताबको टपिक पल्टाउदै गर्दा हाम्रो दिमागमा कतिपल्ट उब्जिरहेका छन् अनि कति पल्ट उत्तर खोजिरहेका छन् ? छैन भने हाम्रो समाज र शैक्षिक संस्थान बामे सर्दै मात्रै छ भर्खर ! किनकी जिपिएले भन्दा ज्यादा यी कुराहरूले जिन्दगीको ब्यवहारिकतामा औचित्य र महत्त्व राख्छ ।
उ कतिको जिम्मेवारीशिल बन्यो ? कस्तो युवा नागरिक र ब्यक्तित्वमा रूपान्तरण भन्यो, स्थापित भयो ? त्यो महत्त्वपूर्ण हो कति कति अङ्क ल्यायो भन्दा पनि ।
जिन्दगीको उचाई र गहिराई नाप्ने थर्मोमिटर विचारले हो, सोचले हो, सङ्गतले हो, विश्वासले हो, लक्ष्य र उद्देश्यले हो यात्रा र गन्तव्यले हो जिपिए र प्रसेन्टेजले मात्रै होइन ।
डियर अभिभावक, शिक्षक र प्राध्यापकज्युहरू,
यदि हाम्रा विद्यार्थी र नानिबाबुहरूले यहाँ, राम्रो एन्सर लेखेर पनि आफुलाई मनमा लागेको, फिल गरेको कुरा सहि तरिकाले व्यक्त गर्न सक्दैनौ भने ?
राम्रो ग्रेटमा उभिएर पनि १÷२ सय जनाको अगाडि उभिन सक्दैनौ भने ?
जिन्दगीभरका अनुभव अनुभूतिहरू कथा ब्यथा दुःख सुखहरू कोर्नको निम्ति ३०÷३५ बर्षको शिक्षाले पनि हात बसाउन सकेन भने?
चाहे त्यो आफुले हात समाएर डोर्याउने
वा आफ्नो हात समाएर डोरिने आफुभन्दा साना हुन् ,
आफूसँगसँगै हात मिलाएर हिड्नेहरू हुन् ,
या त आफुलाई नमस्ते गर्नेहरू हुन् या आफुले नमस्ते गर्नेहरू हुन् सहीलाई सहिलाई अहि गलत भन्ने साहास छैन भने ?
कोही मन प‍र्याे भने मन प‍र्याे भन्न, परेन भने परेन भन्न, राम्रो लाग्यो राम्रो नराम्रो लागेमा नराम्रो भन्न सकिदैन भने ?

आफ्नो जिन्दगीको यात्रामा
आफ्नै खुट्टाले दौडन सक्षम भएनन् भने ?
श्रमको मुल्य थाहा पाए या पाएनन् भने ?
भोकको अर्थ बुझेका छैनन् भने ?
समस्या आउँदा त्यसलाई आफैँ फेस गरेर जुधेर,
टेकल गर्न सक्ने ब्यक्तित्वमा रूपान्तरण भएनन् भने ?
अक्षर मात्रै चिने
या अक्षर सँगसँगै त्यसभित्रका
अर्थहरूलाई बुझ्न र त्यसको महत्त्वलाई केलाउन सक्ने भएनन् भने ?
जिपिएमा अग्लिएकाहरूलाई जिन्दगीको वास्तविकताले होच्यायो भने ?
जिपिए र ग्रेडमा अगाडि भएर नि जिन्दगीमा पछाडि नै रहे भने ?
परीक्षामा पास भएर नि जिन्दगीमा चाहिँ फेल भए भने ?
अक्षर बुझेर पनि जिन्दगीको अर्थ बुझ्न सकेनन् भने ?
सामाजिक ए प्लस ल्याएर पनि समाज बुझ्न सकेनन् भने ?
गणित र एकाउन्टमा छ मिनेटमा हिसाब मिलाउनेहरू आधा उमेरमा पनि जिन्दगीको हिसाब मिलाउन सक्नेछन् भने ?
राष्ट्रको ढुकुटीबाट छात्रवृत्ति लिएर पढेकाहरू आज जापान कोरिया युरोपका माटो सुगन्धित बनाइरहेका छन् भने ?
हावापानी माटोका सबै फर्मुलाहरू र त्यसका सबै ब्याख्या र प्रक्रियाहरू जानेर नि बुवाआमाहरू विरामी हुदा गिलो जाउलो पकाएर खुवाउन जानेनन भने ?
स्वास्थ शिक्षामा टप भएर ज्वोरो आउदा सिटामोल खोज्दै हिड्नुपर्छ भने ?
स्वास्थमा ए प्लस ल्याउनेहरूले पनि आज मार्कसिट भन्दा लामो औषधिको बिल बोकेर हिडिरहेका हिड्नुपर्‍यो भने ?
एकाउन्टमा टप भएर पनि आज जिन्दगीको हिसाब जिन्दगीको आर्थिक सामाजिक ब्यवहारिक हिसाब मिलिरहेको छैन भने ?
गणितमा उच्च ग्रेट ल्याएर पनि जिन्दगीको शुत्र प्रयोग गर्न नजानेर जिन्दगी केरमेट छ भने ?

एन्जिनियर बनेर १०० बिल्ल्डिङ पुल जोड्नेहरूले बृद्धाआश्रममा भएका बाउआमासँग बर्षौपहिले तोडिएको सम्बन्ध आजसम्म जोड्न सकेका छैनन् भने ?
तपाई हाम्रा सामाजिक विषयका फेबरेट विद्यार्थीहरू दाइजो माग्दै छन् भने ?
नेपालीमा बिषय सबै ब्याकरण भरेर मिलाउनेहरूले पनि जिन्दगीका खाल्डा भर्न सकेका छैनन् भने ?
कक्षामा उठेर भुत वर्तमान, भविष्य काल फटाफट भनेर मिलाउनेहरूको पनि आज भविष्य अलमल छ भने ?
इतिहास, संस्कृत, र कानुन रोजेर पढ्नेहरू आज श्वास नरोकिकन जापान र कोरियाका भाषा रट्न बाध्य छन् भने ?
बिजनेस स्टडिज लिएर पढ्नेहरू आज १५ हजारको जागिर नपाएर डिस्प्रेस हुँदै छन् भने इकोनोमिक पढ्ने र पढाउनेहरूको टाउको भन्दा गरुङ्गो ऋण छ अनि घरको चुलो छाम्दा चिसो छ भने ?
‘धन भन्दा विद्या’ ठूलो हाजिरी जवाफ र वादविवादमा मेडल जितेर १०० जनाबाट बधाई पाएको मान्छे नै शैक्षिक संस्थानको बजेट घोटालाको प्रमुख नाइकेको रूपमा मिडियामा आउँछ भने ?
के हाम्रा विद्यार्थी र सन्तानहरू सफल भए होलान् ? कतिको मूल्यवान ब्यक्तित्वको रूपमा स्थापित भए होलान् ?
यो भन्दा ठूलो अशिक्षा, अस्वस्थता, असफलता र सङ्कुचितता अर्को के होला र जिन्दगीमा ? यसबाट समाज, विद्यार्थी र युवालाई रूपान्तरण हुन सम्भव कतिको होला ? हामीले धेरै जसो प्रश्न मात्रै सोधिरह्यौ आज एकैछिन गहिरिएर उत्तर नि खोजौ न ।
डियर अभिभावक, शिक्षक र प्राध्यापकज्युहरू,
शिक्षाले,
सीप दिएन,
नैतिकता दिएन,
मानवता दिएन,
भात्रित्व दिएन,
सामूहिकता दिएन,
अनुशासन दिएन, संस्कार दिएन भने हामीले शिक्षाबाट के दिन सक्यौँ ?
जिन्दगीभरको समय, उर्जा, उमेर पैसा खर्चिएको पढाई जिन्दगीको खुड्किलामा पनि काम नआएर पुनस्सुरूबाट नयाँ सीप सिक्नुपर्छ, नयाँ भाषा पढ्नुपर्छ, नयाँ बाटो तयार गर्नुपर्छ पढाइले के दियो ??
एक अनपढ बुबा आज ९० बर्षको हुदा आधा किलो मासु खानुहुन्छ ५ किलोमिटर हिड्नुहुन्छ, मिठो निन्द्रा सुत्नुहुन्छ तर उहाँलाई जिन्दगी जिउन जान्नुभएर भनेर उडाउने, पढाउने हामी सिक्षित वर्गहरू १२ घन्टामा २४ रोगको दबाइ खान्छौ, रोगले न मीठो मसिनो गुलियो खान सक्छौ ! न त कब्जियत पायल्स फिस्टुलाले खाएको चिज सजिलै निकाल्न सक्छौ ! न दिनको मीठो भोक न रातमा मीठो निन्द्रा उसो भए पढाइले हामीलाई दियो के ?
विरामी हुँदा हाम्रा माथिल्ला अनपढ पुस्ताहरू घरमै जाती हुनुहुन्थ्यो, हामी पढेलेखेका ८ हजारभन्दा बढी हस्ब र जडिबुटीमाथि हिडेर ५० ओटा हस्पिटल डुलेर पनि स्वास्थ र दिर्घायुको सहि ढोका भेट्टाउन सकेका छैनौ भने पढाइले दियो के हामीलाई ?
शत्ता ,शक्ति, सम्पतिको उच्चतम विन्दुमा पुगेका छाँै तर रोगी शरीर, असन्तुष्टि र निरास मन, सङ्कुचित मानसिकताले प्यारालाइसिस भएर ती प्यासालीटिजहरूलाई उपयोग गर्न र भोग्न सकेका छैनौँ भने पढाईले दियो चाहिँ के ?
भविष्य बनाउन घर, परिवार, माटो छोड्नुपर्छ अनि घर बनाउनको निम्ति देश परिवेश सभ्यता संस्कृति छोड्नुपर्छ भने पढाइले दियो के ?
हामी लाचार भएर आफुलाई खान पुग्ने सम्म फलाउन सक्दैनाँै तर १०० जनालाई खान पुग्ने माटो, वातावरण प्रकृति बर्बादीको कारण नै हामीहरू हुदैछौँ भने पढाइले दियो के ?
पृथ्वीबाट ब्रमाण्डसम्मको रहस्य रटेको त छ,
नेता देखि सेलीब्रेटिको लगाउने ब्रान्डबाट गाडीसम्म थाहा छ,
तर आफ्नो कुल मुल उत्पत्तिको गोत्र थाहा छैन, बारीमा उम्रिएको सब्जिको बीउ गएर किन्न जान्दैन भने ?

न हामीले छानेको, छान्न लगाइएको, रोजेको रोज्न लगाइएको, पढेको पढ्न लगाइएको विषयमा विज्ञता र उत्कृष्टता हासिल गर्न सकेका छौँ !
न त्यसलाई समाज माटो र ब्यवहारिक पाटो अन्तर्गत ढाल्न न सकेका छौँ न त्यसैबाट आत्मनिर्भर हुन सकेका छाँै उसो भए सर्टिफिकेट देखाएर पेट पाल्ने माध्यम भन्दा माथि उठ्न नसकेको शिक्षाले हामीलाइ के दियो ?
दोस्रो कोही सेलीब्रेटिको लुगा, खानादेखि लिएर ब्रान्डसम्म सबै जानेको, बुझेको छ सिकिसकेको छ तर कसरी खाने ? कसरी पिउने ? कसरी सुत्ने ? कसरी उठ्ने ? कसरी बोल्ने ? थाहा छैन भने, अरुको बारेमा नालीबेली थाहा भएर नि आफू को हँु अन्तिम गन्तव्य के हो थाहा छैन भने ?
दुनियाँलाई चिनेर पनि आजसम्म आँखा बन्द गरेर आफुले आफैलाई चिन्न सकेको छैन भने, त्यो भन्दा ठूलो अनपढ्ता र असफलता सन्सारमा अर्को के होला र जिन्दगीमा डियर शिक्षक र अभिभावक ज्युहरू ?
के यसैलाई हामी शिक्षित र उत्कृष्ट भनेर बधाइ दिनेको गौरव गर्नेको होडबाजीमा त छौनौ !!?
डियर अभिभावक, शिक्षक र प्राध्यापकज्युहरू,
अर्कोतर्फ हाम्रो शिक्षा प्रणालीले दैनिक जीवनमा र व्यवहारमा मान्छे जेजेसँग ठोक्किन्छ उसको साक्षात्कार हुन्छ जस्तै ः साहित्य, सङ्गीत, कला, वास्तु, सीप, संस्कार, अनुसासन, विचार, वचन, व्यवहार, सोच, विश्वास, लक्ष्य, उद्देश्य, यात्रा गन्तव्य, जीवनशैली, खानपान, उठबस, स्वास्थ, खुशी, सन्तुष्टि, मौलिकता, सभ्यता, संस्कृती, दर्शन, अध्यात्म आदि इत्यादि ।
यी चिजहरूलाई महत्त्वहिन भनियो, ती चिजहरूको चाहि महत्त्व दिन सकेन, महत्त्व बुझ्न बुझाउन जानेन भने खोक्रा आदर्श, नारा र सिद्धान्तले कोरिएको शिक्षाले हामी ब्यक्तिलाई, समाज र राष्ट्रलाई कस्तो आकार दिइरहेको छ होला ?
दिनभरी काम गरेर ५०० रुपैयाँ कमाउने मजदुरप्रति सरम गर्न अनि टावर चढेर आधा घन्टामा २००० उडाउनेप्रति गर्व गर्ने मानसिकता विकास गर्दिन्छ भने ? साथसाथै डिग्री पास गरेर धनिया उम्रार्न जान्दैनन् हाम्रा विद्यार्थी ७० अर्व हारहारीको खाद्यान्न बाहिरबाट ल्याउनुपर्छ ।

आयतित अर्थतन्त्रमा आउने पुस्ता विद्यालयबाटै तयार हुँदै छन् भने कृषिप्रधान देशको विषयवस्तुमा केन्द्रविन्दुमा रहेर २५÷३० बर्ष पढेको हाम्रो सर्टिफिकेट र नम्बरको औचित्य के र‍ह्यो ?
युट्युबमा मिडिया र पत्रपत्रिकाका पिएचडी होल्डर, बौद्धिक र शिक्षित भनिने मान्छेहरूको साढे जुधाइ र भाले जुधाइहरूलाई हेर्दा र सुन्दा शिक्षा र बौद्धिकताले यसरी नग्याउन स्वखलित हुन सिकाउछ भने शिक्षाको उद्देश्य यस्तो ब्यक्तित्वमा रूपान्तरण हो भने ‘नेपाल टप भएर बाबुराम भट्टराई हुनु र तेस्रो डिभिजनमा पास भएर हरिबन्स आचार्य हुनुमा कुन उत्कृष्टता र बुद्धिमत्ता होला ?
विद्यार्थीहरूलाई हरपल अपडेट र प्रशिक्षण गराइराख्ने हामीहरूचाहिँ समय, समाज, देशकाल परिवेश स्थिती परिस्थिति अनि आउने रेभुलुसन र ट्रेन अनुसार कति अपडेट भैरहेका छाँै यो महत्त्वपूर्ण प्रश्न हो ?
विश्वका उत्कृष्ट आआफ्नो क्षेत्रका दिग्गज र स्थापित ब्यक्तिहरूको जीवनी र ब्यागराउन्ड साथै देश परिवेश र इतिहास पनि खोजेर हेर्ने, हेराउने गरौँ, हामी धेरै तल निहुरीसकेछौ ! कहिलेकाही टेक्स्ट बुक, एक्जाम पेपर र सर्टिफिकेटदेखि माथि शिर उठाएर नि हेर्न सकाँै, सिकौँ ।
तसर्थ, यो सँगसँगै यहाँबाट उता जिन्दगीले लिने परीक्षामा, समय–समाज, स्थिती–परिस्थिति, देशकाल, परिवेशले लिने परीक्षाहरूमाचाहिँ हामी कति सकारात्मक एवम् दर्विलो भएर उभिन सक्यौ त्यसले चाहिँ महत्त्व राख्छ ।
डियर अभिभावक, शिक्षक र प्राध्यापकज्युहरू,
अर्कोतर्फ हामीले हाम्रा विद्यार्थी र नानीबाबुहरूलाई,
परीक्षाको जिपिए नम्बर सँगसँगै कला, क्षमता र गुणलाई सम्मान प्रोत्साहन गरेर उसलाई उसको सपना र रुचिअनुसार उसलाई खास फिल गराएर, स–सम्मान उ भित्रको उच्चतम सम्भावनालाई बाहिर ल्याउने वातावरण तयार गरिनुपर्ने हो अभिभावक र शिक्षकहरूबाट तर, यहाँ उनीहरूलाई अरुजस्तो अरुजस्तो बनाउने हडबाजी मनोवैज्ञानिक दवाब सिर्जना त गरिरहेका छैनौ ?
बालबालिकाको कलिलो मानसिकता र मस्तिष्क हुन्छ कहिलै पनि अरुसँग तुलना गर्नु हुदैन, तनाव दिनु हुँदैन, दवाब दिनु हुँदैन र ऊ एउटा स्वन्त्रत व्यक्तिको रूपमा विकसित हुन पाउनुपर्छ भनेर पढाउने सिकाउने हामी अग्रजहरूबाटै विद्यार्थी जीवनकालमा होस् या नतिजा प्रकाशित हँुदा (ग्रेट र प्रतिशत मात्रै उत्कृष्ट हो, विद्यार्थी र छोराछोरीभन्दा उत्कृष्ट सटिफिकेट हो ! भन्ने भाव सिर्जना गर्ने यस्ता हाम्रा सामाजिक सञ्जालमा देखिरहेका अवस्थ प्रतिस्पर्धी मानसिकताले पोस्टले कमेन्टले र प्रतिक्रियाले तपाई हाम्रो बाबुनानीहरूमा फलानोचाहिँ उत्कृष्ट म नित्कृष्ट भन्ने मनोवैज्ञानिक, भावना र भाष्य सिर्जना गरिदिनु खेदको कुरा हो !
यी कुराहरूलाइ हामी आफैँले त ब्यवहारमा उतार्न सकिरहेका रहिनछौ भने भोलि हामीबाट शिक्षित दिक्षित र प्रतिक्षित भएर हाम्रा विद्यालय र घरबाट उत्पादित प्रोडक्टहरूबाटचाहिँ हामीले यी कुराहरूको आशा गर्ने आधार के ?
यी कृयाकलापले तपाई हाम्रा नानीबाबुहरू सँगसँगै सपना सजाएर हुर्किरहेका अनि सँगै बसेर एक्जाम दिएका अन्य देशका उज्वल भविष्यहरू अङ्क मात्रै ठूलो भन्ने कुन्ठित मानसिकताको भ्रमले गर्दा कतिले आत्महत्या गर्दैछन् ।
डिप्रेस हुँदैछन् । हौसला र आत्मासम्मान गुमाउँछ्न, साथै कम ग्रेडका छात्रछात्रामा दवाव र अभिभावक दुवैमा हिनताबोधको भावना सिर्जना गर्छ भन्ने कुरा । पनि हामीले महसुस गर्न नसकिरहेका हौ त ?
कति क्षमतावान विद्यार्थीहरूले पनि विविध कारणले लेख्न र ब्यक्त गर्न सकेनन्, वातावरण, स्वास्थ, विभिन्न पारिवारिक र सामाजिक र अन्य कारणहरू धेरै हुन सक्छन् जसले उनीहरूको ग्रेड घडबढ भएको हुनसक्छ भने कतिको उच्चतम क्षमता र सम्भावनाको विन्दु त्यो पक्षमा त्यति नै हुन्छ ।
डियर अभिभावक, शिक्षक र प्राध्यापकज्युहरू, यो सानो सिर्जनालाई केही बेर नियालौ त उत्तर नआए नि प्रश्न अन्तस्करणमा सरेर टासिन खोज्छ कि खोज्दैन एकपल्ट अजमाउ–
भोलिको देशको
उज्वल भविष्य र सितारा,
अनि कुनै आफ्नो क्षेत्रमा स्थापित
देशका दिग्गज, प्रख्यात र सफल व्यक्तित्व,
तपाई हाम्रा फेसबुक र विद्यालयको पेजले
प्रकाशित गरेको कुन चाहिँ मार्कसिट भित्र
लुकेर बसेको छ, बताइदिन सक्नुहुन्छ ?
अनि,
उसलाई उ को हो ?

र के को लागि जन्मिएको हो ?
ठिक त्यस्तै बन्नको निम्ति
तपाई हामीले तोकिदिएका कुन–कुन मापदण्ड र मुल्याङ्कनले रोकेर राख्न सक्छ ?
तसर्थ, जो कम्ति ग्रेटमा छन् के उनीहरू कमजोर हुँदै होइनन् ! एउटा क्षेत्रमा उनीहरूको सपना, रुचि नमिलेको कारणले नै पछि परिरहनुपर्ने हो त उनीहरू ? जिन्दगीका अरु धेरै क्षेत्र र आयामहरूमा तपाई हाम्रो बधाई र शुभकामनाको काँधमा बोकेका अरुहरू भन्दा पनि के उनीहरू उत्कृष्ट छैनन् होला त ?
तसर्थ अभिभावक अग्रजले नतिजामा बधाई दिँदा पनि अगाडि नै…“यो बनेको चाडै देख्न पाइयोस् !
यी आँखाहरूले ….यो बनेको त्यो बनेको देख्ने रहर छ !
यस्ता हाम्रा अत्याधिक एक्पेटेसनका शब्द र भावनाहरूले पहिलो कुरो उनीहरूमा साबित गर्दिनुपर्ने दबाब सिर्जना हुन्छ ! दोस्रो कुरो हामीले जे भनिरहेका छौँ जस्तो बनाउन खोजिरहेका छाँै ती कुराहरूलाई के हामीले चाहिँ अपनाउन सकेका छौ त ? छैनौ भने कुन अधिकारले भन्दै छौ त ?
कतै हामीेबाट पूरा हुन नसकेका हाम्रा आश,सपना र रुचिहरू बोक्ने सिपाहीहरू त बनाइरहेको छैनौ हामीले आफ्ना सन्तानहरूलाई ?
२÷ घन्टा लेखाइको कुनै एउटा स्किल टेस्टको आधारमा मात्रै विद्यार्थीलाई तुलना गरेर काँधमा बोक्ने र हतोत्साहित गर्ने अनि स्कुलले प्र.अ.हरूले कलिला नानीबाबूहरूको कमजोरी र शक्तिलाई आधार बनाउदै सामाजिक सञ्जालमा टास्ने व्यवसायीककरण कतिन्जेलसम्म भइरहने हो त हामीहरूबाट ?
हरेकको आआफ्नो क्षमता, चाहना र रुचि हुन्छ,
मिजास हुन्छ, शैली हुन्छ भन्ने कुरा बिर्सिएर
चरो उड्नै बनेको उन्छ उसलाई चितासँग एउटै भाडोमा मुछेर र तौलिएर दौडाइरहेका अनि माछालाइै रुख चढाउनु ठेलिरहेका त छैनौ ?
हामीले आफैँले बनाएको १÷२ सिमा नियम मुल्याङ्कन र मापदण्डलाई नै अल्टिमेटम बनाएर उनीहरूको सपना रुचि ओरिजिनालिटीलाई लात हानिरहेका त छैनौ ?

यदि यो गल्ति गरेको छैनौ भने उनीहरूलाइ उनीहरूकै स्वाभाव र प्रकृति अनुसार अगाडि बढ्ने कतिको वातावरण र हौसला प्रदान गरिरहेका छौँ त ?
विद्यार्थीहरूले के साबित गरे भन्दा पनि उनीहरू को हो ? र उनीहरू भित्र के छ ? त्यसलाई मुल्याङ्कन गर्न र महत्त्व दिन सिकिरहेका र सकिरहेका छौँ त हामीले ?
के सिक्यौ, के पढ्यौ, भन्दा पनि त्यसलाई कति ब्यवहारमा उतार्‍यौ र त्यो हाम्रो जीवनमा कति उपयोगीसिद्ध भयो – योचाहिँ महत्त्वपूर्ण कुरा हो ।
तसर्थ सिकाइपछिको यो चरणमा चाहिँ नेपालका कुन विद्यालय, कलेज र अभिभावकले भुमिका निर्वाह गरिरहेका छौ होला ?
तसर्थ, यिनै यिनै विविध क्रियाकलाप र कारणहरूबाट शिक्षा प्रशिक्षण थियो, कतै हामीले यसलाई प्रदर्शन त बनाइरहेका छैनौ ?
शिक्षा र विद्यार्थीले प्रवर्दधन माग्दछ कतै नियन्त्रण मात्रै त गरिरहेका छैनौ हामीले ?
त्यसैले ग्रेट र जिपिए बचाउने होडबाजीमा हामीले विद्यार्थीको सपना र रुचिलाई त मारिरहेका छैनौ ?
उनीहरू हिड्न चाहेको बाटोभन्दा आज दिनहरूमा हाम्रो प्यारेङ्टिङ र एक्पेटेसनले हिडाइरहेको बाटो कतै फरक त छैन ?
उनीहरू को हो र उनीहरू भित्र के छ त्यसलाई नजरअन्दाज गदै, विद्यार्थीहरूले के साबित गरे त्यसैलाई मात्र मूल्याङ्कन गर्न र महत्त्व दिइरहेका त छैनौ ?
डि÷इ ग्रेटका पनि यति प्रतिशत विद्यार्थी हुन्छन्, भनेर अगाडि नै सहजै तरिकाले स्वीकारिनुपर्छ । अलग क्षमता बोकेर अलग कामको निम्ति जन्मिएका हुन्, उनीहरूलाई उनीहरूको स्वरूपको आधारमा उत्कृष्ट ब्यक्तिको रूपमा गरिनुपर्छ भनेर अभिभावक र शिक्षकको मानसिकता, चेतना, जागरूकता र समझदारी विश्वास मान्यता र धारणा विकसित र स्थापित दुवै हुन आवश्यक छ समाजमा । अनि हामीहरू नै शैक्षिक गुणस्तर र रूपान्तरणको कुरा गर्न नारा लगाउन सुहाउँछ ।
यो नीति प्रक्रिया र प्रणाली रूपान्तरण नहुनु हो भने हेर्दै जानू होला खासमा हामीलाई म अभिभावक हुँ, समाजको चिनारी हु भनेर छाती फुलाउन लाज लाग्ने समय आउँदैछ केही बर्ष पछाडि ।

अन्तिममा ,
परीक्षा लेखाइको एक माध्यम मात्रै हो, जिउदै गरेको जिन्दगी र भोलि उदाउँदै गरेको भविष्यचाहिँ वास्तविक परिक्षा हो, यसलाई फेस गरेर योसँग जुध्न सक्ने मनोविज्ञान ,क्षमता र स्किल तयार गर्नपट्ट्टी लागौँ ।

विद्यार्थीको भविष्य निर्धारणको १/२ वटा पाटोलाई मात्रै केन्द्रविन्दु बनाएर हामीले शैक्षिक प्रक्रियामै गल्ती गरिरहेका छाँै यो तपाई हामीबाटै सुधार हुन थाल्नुपर्छ ।

परीक्षा भन्दा ठुला प्रशिक्षार्थी हुन्, यो कुरोलाई हामीले भुल्नुहुँदैन ।
जिपिए मात्रै होइन कला क्षमता र गुणलाई सम्मान प्रोत्साहन गर्नुपर्छ, उनीहरूलाई अरूजस्तो बनाउने होडबाजीमा मनोवैज्ञानिक दवाब सिर्जना गर्ने अपराध रोकिन आवश्यक छ हामीबाट ।
यी माथि उल्लेख कुराहरूलाईचाहिँ प्राथमिकतामा राखेर बधाई दिन मूल्याङ्न गर्न र प्रशिक्षण गर्नसक्ने समुन्नत समाजको निर्माण हुन सक्नुपर्छ हामीबाट ।

डा., पाइलट, इन्जिनियर बन्छु भन्ने त,
स्कुलमा म्यामले सोध्दा भन्ने डाइलगहरू न हुन् ।
अहिलेको सबैभन्दा ठूलो चुनौती त मान्छेलाई यहाँ मान्छे भएर देखाउनुमा छ ।
शिक्षित सगसगै असल मान्छे बन्न्न बनाउन प्रेरित पनि गरौँ, असल मान्छे बनाउन सपना देखौँ÷देखाऔँ, असल मान्छे आफैँ ठूलो मान्छे हुन्छ ।
उहीँ जिज्ञासु÷सिकारु युवा

प्रतिक्रिया

सम्बन्धित खवर