झमक घिमिरे नेपाली साहित्यमा चिनाईरहनु पर्ने नाम हैन । नेपाली साहित्यमा उज्यालो नाम झमकलाई नचिन्ने सायदै होलान्  अनेकौँ पुरस्कार र सम्मानले बिभूषित झमकका  दर्जनौँ नेपाली साहित्यका कृतिहरू प्रकाशित छन् । हालसालै उहाँको नौलो कउति कर्मणा प्रकाशनमा आएको  छ । यसै कृति कर्मणामाथि लेखक झमक घिमरेलाई सेतोमाटोका सम्पादक जीवन खत्रीको पाँच प्रश्न:

१, कर्मणा कस्तो किताब हो ? के के विषय समेटिएका छन्, पाठकले किन पढ्नु पर्छ कर्मणा ?

– कर्मलाई राम्रोसँग बुझ्ने र जिन्दगीलाई कर्मणा बनाउने किताब हो कर्मणा ।

पाठकले झमकका पछिल्ला जिन्दगीका अनुभुति पढ्न लागि पनि कर्मणा पढ्नुपर्ने हुन्छ ।

२, यहाँको पछिल्लो बहुचर्चित किताब जीवन काँडा कि फूल पछि लामो समय लाग्यो यो किताब आउन । धेरै मेहनत गर्नुभएजस्तो छ, अनुभव पनि थपियो । नया कुराहरू के के छन् यसमा ?

-जीवन काँडा कि फूल पछि पनि अरू दुईवटा पुस्तक पनि आएका थिए । यसमा पनि मिहिनेत त गरियो तर अनुभव पनि बटुल्न धेरै समय लाग्यो ।
यस किताबमा पछिल्लो चरणका नेपाली समाजका कुरा थपिएका छन् ।

३, असल लेखकलाई लेखनका लागि केही न केही कुराले कुत्कुत्याउनु पर्छ भन्छन्, यो किताब लेख्नु अघि तेस्तो केही
छ कि ? केही प्रसङ्ग सम्झिन मिल्छ कि?

– सबै लेखकको एउटै कुरा हुन्छ भन्ने छैन् । लेखकपिच्छे लेखनको लागि जाग्ने उत्साह फरक हुन्छ । मलाई  किताब भित्रका प्रसंगहरू मैले अनुभव गरेकै प्रसंगहरू हुन । हामीले देखेको भोगेको बाँचेको समय, समाज, देश र मैले भोगेको जीवन पनि लेखनका लागि उर्जा थप्ने माध्यम हुन् ।

४, आजका पाठकहरूसँग किताबको विकल्पमा धेरै कुराहरू छन्, ती विकल्पबाट किताब पठनमा तान्नेगरि लेखकले के गर्नुपर्ला ? कर्मणामा के के गर्नु भएको छ?

– आजका पाठक सचेत पाठक छन् । पुस्तक छानेरै पढ्नुपर्छ । कुनै पनि विषय लेख्दा सहज र सरल हुने गरि लेख्दा पाठकलाई आकर्षण गर्न सकिन्छ जस्तो लाग्छ ।

सबै लेखकका आफ्ना आ-आफ्ना पाठक हुन्छन् । कुनै पनि राम्रै लेख्न खोज्छ । कहिलेकाहीँ त्यो गर्दा गर्दै पनि त्यति स्तरीय बन्न सक्दैन । त्यो अवस्थामा पाठकको गाली पनि खान तयार हुनुपर्छ ।

५, झमक घिमिरे लेखनमा एउटा विशिष्ट परिचय भैसकेको नाम हो । चर्चित लेखकहरूलाई आफ्ना नया पुस्तकहरू आफैँलाई चुनौती बन्छ भन्छन्, हो? यहाँलाई पनि कर्मणाले तेस्तै चुनौतीको महशुस भएको छ कि ?

खोइ मेरा पुस्तकहरू अरू लेखकहरूलाई चुनौती बन्छ बन्दैन थाहा छैन तर पाठक मेरा पुस्तकहरू पढ्छन् त्यो चाहिँ छ!
चुनौती त लेखक आफैँलाई त हुन्छ नै भाइ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर