
– परिविक्रम
गजल १
सबले लिए मै लिने बेलामा
खै मै ? ममा चाहिने बेलामा
चाहिन्छ के फर्किने बाटो नि
सम्हाल मुख झर्किने बेलामा
बिर्सेको बेला के के छन् कुन्नि ?
छन् बाडुली सम्झिने बेलामा
पछि पो खेलौना बनाई छाड्यौ
दिल नै दिएथेँ दिने बेलामा
को रैछु खोज्दै जीवन जाने भो
को होस् भन्यौ छुट्टिने बेलामा
गजल २,
धागोहरू दिल सिएर बाँच्छन्
सीयोहरू पिल्सिएर बाँच्छन्
उध्रेर मर्ने तिनै तिनै हुन्
जो आज छेउडिल सिएर बाँच्छन्
आलो छ, को सिउँछ घाउ मेरो
जम्मै यहाँ खिल सिएर बाँच्छन्
चुँडिने गरी हिँड्न देऊ सरकार
फुटपाथ स्यान्डिल सिएर बाँच्छन्
सायर कि मर्छन् चेतेर महफिल
सायर कि महफिल सिएर बाँच्छन्
***
प्रतिक्रिया
-
४
-
१०